आज शुक्रबार सुनको भाउ स्थिर छ । बिहिबार प्रतितोला २ लाख ९४ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज पनि प्रतितोला सोही मूल्यमा कारोबार भइरहेको छ ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ५२ हजार ६० रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ भने तोलामा ५० रुपैयाँले बढेर प्रतितोला ४ हजार ८ सय ३० रुपैयाँ कायम भएको छ । आज १० ग्राम चाँदीको भाउ ४ हजार १४० रुपैयाँ ५० पैसा तोकिएको छ ।













