आज बिहिबार सुनको भाउ घटेको छ । बुधबार प्रतितोला २ लाख ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ३ हजार ६ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ९४ हजार रुपैयाँमा आइपुगेको हो ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ५२ हजार ६० रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ पनि तोलामा १६५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ७ सय ८० रुपैयाँ कायम भएको छ । आज १० ग्राम चाँदीको भाउ ४ हजार ९८ रुपैयाँ तोकिएको छ ।













