आज बुधबार पनि सुनको भाउ बढेको छ । मंगलबार प्रतितोला २ लाख ९० हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ७ हजार ४ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ९७ हजार ६ सय रुपैयाँ पुगेको हो ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ५५ हजार १४५ सय रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ पनि तोलामा १०० रुपैयाँले बढेर प्रतितोला ४ हजार ९ सय ४५ रुपैयाँ कायम भएको छ । आज १० ग्राम चाँदीको भाउ ४ हजार २ सय ३९ रुपैयाँ ५० पैसा तोकिएको छ ।













