Tuesday, August 25, 2026
spot_img
spot_img

बीवाईडीका दुई नयाँ अत्याधुनिक सर्भिस सेन्टर सञ्चालनमा

spot_img

बीवाईडी गाडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले काठमाडौँ उपत्यकामा दुई नयाँ सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । साइमेक्सले गौरीघाट । कुपण्डोलमा अत्याधुनिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको हो ।

गौरीघाटमा सुविधा थपेर सर्भिस सेन्टर

सन् २०२२ देखि सञ्चालनमा रहेको गौरीघाटस्थित सर्भिस सेन्टरलाई बीवाईडीले आफ्नो पछिल्लो गाइडलाइन अनुसार थप परिस्कृत गरेर सञ्चालनमा ल्याएको छ ।

४५ हजार वर्गफिट क्षेत्रफलमा फैलिएको उक्त अत्याधुनिक सर्भिस सेन्टरमा इलेक्ट्रिक भेइकलका लागि आवश्यक स्पेसलाइज्ड टुल सेटबाट सञ्चालन गर्न सकिने ८ सर्भिस बे रहेका छन् । स्पेयर पार्ट्स वेयर हाउससमेत रहेको कम्पनीले जनाएको छ ।

डेन्ट पेन्ट सर्भिसका लागि डेडिकेटेड स्टेसन र ग्राहकका लागि कम्फर्टेबल लाउन्ज समेत रहेको छ ।

गौरीघाट सर्भिस सेन्टरमा सुपेरियर सर्भिस प्रदान गर्न सक्षम ५० कर्मचारी छन् । उक्त सर्भिस सेन्टरको उद्घाटन फर्स्ट जेन बीवाईडी ई६ को पहिलो ग्राहक सविन तन्डुकारले गरे ।

कुपण्डोलमा नयाँ सर्भिस सेन्टर

ललितपुरका लागि बीवाईडीको आधिकारिक वितरक रहेको इको ड्राइभ अटोमोबाइल्सले कुपण्डोलमा नयाँ सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ८ हजार ५५६ वर्गफिट क्षेत्रफलमा फैलिएको सो सर्भिस सेन्टरमा ६ सर्भिस बे रहेका छन् । यी मध्ये २ वटा अर्जेन्ट सर्भिसका लागि प्रयोग गर्न सकिन्छ भने ४ वटा स्पेसलाइज्ड ईभी टुल्सद्वारा सुसज्जित छन् ।

सो सर्भिस सेन्टरमा वासिङ बे र स्पेयर पार्ट्सका लागि डेडिकेटेड वेयर हाउस रहेको छ ।

इको ड्राइभका पहिलो ग्राहक अनिल जलान र बीवाईडी डल्फिनका पहिलो ग्राहक कृष्ण उप्रेतीले सो सर्भिस सेन्टरको उद्घाटन गरेका थिए ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

सुरु भयो स्वर्णजयन्ती विशेष नाडा अटो शो

स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु...

अपर हेवाखोलाले पायो हकप्रद निष्काशनको पूर्व स्वीकृति, घट्यो अनुपात

अपर हेवाखोला हाइड्रोपावर कम्पनीले हकप्रद निष्काशनको लागि विद्युत नियमन...

घट्यो सुनचाँदीको भाउ

आज मंगलबार सुनको भाउ घटेको छ । सोमबार प्रतितोला...

व्हाइट फेदर्सको अफर: EMI मै गहना, डायमण्डमा ५५ प्रतिशत छुटदेखि १ किलो चाँदी जित्ने अवसर

काठमाडौँको खिचापोखरीस्थित व्हाइट फेदर्स ज्वेलरीले सुन, चाँदी र हिराका...

‘सेटलमेन्टमा समस्या आउनासाथ ब्रोकरलाई निलम्बन गर्नुहुन्न’

पछिल्लो समय शेयरबजार निरन्तर ओरालो लागिरहेको छ। बैंकको ब्याजदर...

सुपर मादी हाइड्रोपावरको लाभांश घोषणा

सुपर मादी हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीको...