Wednesday, June 24, 2026
spot_img

शेयर बजार पोजेटिभ नै थियो, मौद्रिक नीतिले थप पोजेटिभ हुन्छ: अध्यक्ष सापकोटा

spot_img
spot_img

स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष धर्मराज सापकोटाले मौद्रिक नीति प्रति मिश्रित प्रतिक्रिया दिएका छन्। मौद्रिक नीतिले केहि माग सम्बोधन गरेपनि केही विषय भने सम्बोधन नभएकोले सोचे जस्तो मौद्रिक नीति नआएको उनको भनाई छ।

संस्थागत शेयर लगानीकर्तालाई शेयर धितोकर्जाको २० करोडको सीमा हट्नु सकारात्मक रहेको उनको भनाई छ। तर शेयर धितोकर्जाको जोखिमभार घटाएर १०० प्रतिशत कायम गर्ने र व्यक्तिगत लगानीकर्ताको हकमा शेयरधितो कर्जाको सीमा बढाउने विषयमा भने कुनै सम्बोधन नगरिएकोले सोचे जस्तो मौद्रिक नीति नभएको उनी बताउछन् । ब्यतिगतको हकमा शेयर धितो कर्जाको सीमा १५ करोड बढेर २० देखि २५ करोड कायम हुने अपेक्षा रहेको उनको भनाई छ ।

यद्यपि कुनै पनि नकारात्मक विषय नरहेको र मौद्रिक नीति लचिलो नै रहेकोले समग्रमा मौद्रिक नीतिले ‘पोजेटिभ भाइब्स’ नै ल्याउने उनी बताउछन् । शेयर बजार विगत केही समयदेखि नै पोजेटिभ भईसकेको र अबको मौद्रिक नीतिको प्रभावले बजार थप पोजेटिभ हुने उनको भनाई छ।

यो पनि : अन्तिम पटकमा गभर्नरले ल्याए लचिलो मौद्रिक नीति: बैंक, लघुवित्तदेखि शेयर लगानीकर्तालाई राहत

 

 

 

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सर्वोत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड हुने

सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ असार...

अनुसन्धानको लागि मौखिक अनुरोध मै खाता रोक्का हुने, बैंकले २४/७ कर्मचारी राख्नु पर्ने

वित्तीय अपराध न्यूनीकरणको लागि नेपाल राष्ट्र बैंकले कडा कदम...

थोक र खुद्रा लघुवित्तको मर्जरमा नयाँ व्यवस्था

नेपाल राष्ट्र बैंकले लघुवित्तको मर्जरको नयाँ व्यवस्था गरेको छ...

ब्याज पुँजीकरणमा नयाँ व्यवस्था लागु, जेन्जी आन्दोलनबाट प्रभावित व्यवसायीलाई राहत

नेपाल राष्ट्र बैंकले ब्याज पुँजीकरणमा नयाँ व्यवस्था गरेको छ। ...

२० प्रतिशत कर्जा प्रवाह बढ्ने गरी मौद्रिक नीति ल्याउन चेम्बरको सुझाव

नेपाल चेम्बर अफ कमर्सले आगामी मौद्रिक नीतिलाई लगानी, उत्पादन...

उत्पादनमा जोडिएका सहकारीलाई प्रोत्साहन गर्न छुट्टै ऐन बनाइने

सरकारले उत्पादन, प्रशोधन र बजारीकरणमा सहकारीको भूमिका वृृद्धि गर्नका...
spot_img