Saturday, June 20, 2026
spot_img

नेपाल एसबीआई बैंकद्धारा टाँडी प्रहरी कार्यालयलाई सहयोग प्रदान

spot_img
spot_img

नेपाल एसबिआई बैंक लिमिटेडले चितवन स्थित इलाका प्रहरी कार्यालय रत्ननगर, टाँडीलाई विभिन्न अत्यावश्यक सामाग्रीहरु सहयोग गरेको छ। बैंकले उक्त कार्यालयलाई स्टिल दराज, अफिस टेबुल, कुर्सी, कम्प्युटर, प्रिन्टर, वाटर प्युरिफायर, ए.सी., स्ट्यान्डर सिलिङरवाल फ्यान, ल्यापटप सहयोग स्वरुप प्रदान गरेको हो।

उक्त सामाग्रीहरु बैंकका प्रमुख व्यवसाय प्रबर्धन अधिकृत प्रबिण मुनि बज्राचार्यले जिल्ला प्रहरी परिसर चितवनका प्रहरी उपरीक्षक गोविन्द पूरीलाई औपचारिक रुपमा हस्तान्तरण गरेका हुन्। सो अवसरमा प्रहरी अधिकृतहरु तथा बैंकका कर्मचारीहरु समेतको सहभागिता रहेको थियो । यस सहयोगबाट जेन्जी आन्दोलनमा क्षती भएको इलाका प्रहरी कार्यालय, रत्ननगर, टाँडीको सेवा प्रवाह सहज हुने लक्ष्य बैंकले राखेको छ ।

नेपाल एसबिआई बैंक लि.ले बिगत ३२ वर्ष देखि बैकिङ सेवा प्रदान गर्दै आईरहेकोे छ । हाल बैंकका १०२ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, २१ शाखा रहीत बैंकिङ, १२७ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सिभिल हस्पिटलको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान

सरकारले निजामती कर्मचारी अस्पताल (सिभिल हस्पिटल)को कार्यकारी निर्देशकका लागि...

भूमी व्यवस्था मन्त्रालयद्वारा थप तीन स्थानीय तहमा मालपोत सेवा सुरु

भूमी व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले...

भन्सारले भन्यो, ‘ईभी आयातमा कुनै कैफियत भेटिएन, नियमानुसार नै जाँचपास भएको पाइयो’

बजेटको सूचना चुहाएर गाडी आयात गरिएको भन्दै आयातकर्ता कम्पनीलाई...

प्रधानमन्त्रीद्वारा मकालुको १७ दिने ट्रेक तालिका सार्वजनिक

प्रधानमन्त्री वालेन्द्र शाहले मकालु बेस क्याम्प ट्रेकको यात्रा तालिका...

पाथीभरा केबलकारको विवाद समाधान गर्न कार्यदल गठन

सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

इप्पानको प्रमुख सल्लाहकारमा निवर्तमान अध्यक्ष कार्की मनोनित

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान)को प्रमुख सल्लाहकारमा निवर्तमान...
spot_img