Tuesday, August 11, 2026
spot_img

शिखर पावर डेभलपमेन्टको आईपीओ बाँडफाँड, १८४२६० जनाले पाए शेयर

spot_img

शिखर पावर डेभलपमेन्ट लिमिटेडले निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले आज मंगलबार बिहान शेयर बाँडफाँड गरेको हो।

कम्पनीले फागुन १७ गतेदेखि फागुन २६ गतेसम्म आईपीओ निष्काशन गरेको थियो। कम्पनीले सर्वसाधारणलाई १८ लाख ४२ हजार ६ सय कित्ता शेयर निष्काशन गरेको थियो। क्यापिटलका अनुसार यस निष्काशनमा २६ लाख ८७ हजार ३ सय ४७ जनाले आवेदन दिएका थिए । जस मध्ये २६ लाख ५० हजार ८ सय ४७ जनाको आवेदन मात्र योग्य भएको छ।

माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको छ। जसमा १ लाख ८४ हजार २ सय ६० जनाले मात्र १० कित्ताको दरले शेयर पाएका छन् । बाँकी आवेदक हात खाली भएका छन् । आईपीओको नतिजा केही समयपछि प्रकाशन हुने छ।

नेपाल धितोपत्र बोर्डले पुस १६ गते गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको थियो। यस कम्पनीले बाग्लुंगमा ४.९६ मेगावाट क्षमताको भिम खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०८१ फागुन २५ देखि विद्युत उत्पादन गरिरहेको छ। साथै सोहि खोलामा ६.०५ मेगावाट क्षमताको तल्लो भिम खोला आयोजना निर्माण गरिरहेको छ

यस कम्पनी अध्यक्ष नारायण प्रसाद उपाध्याय हुन् भने अन्य संचालकमा हेमराज आचार्य, सरोज दाहाल, नम्रता केसी र अभय पाण्डे रहेका छन् । 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

‘गरिमा सुवर्ण योजना’ को इकाई आजदेखि खरिद बिक्री गर्न सकिने, SIP योजना सुरु

गरिमा क्यापिटलको पहिलो खुलामुखी सामुहिक लगानी कोष योजना “गरिमा...

तोलामै ६४ सयले बढ्यो सुनको भाउ

आज मंगलबार  सुनको भाउ बढेको छ । सोमबार प्रतितोला...

फर्स्ट माइक्रोफाइनान्स र महिला लघुवित्त मर्ज हुने

फर्स्ट माइक्रोफाइनान्स लघुवित्त र महिला लघुवित्त मर्ज हुने भएका...

२९ प्रतिशतले बढेर ७९.७० करोड पुग्यो माउण्टेन इनर्जीको नाफा, ईपीएस २५.५२ रुपैयाँ 

माउण्टेन इनर्जी नेपाल लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को अपरिस्कृत...

बहुराष्ट्रिय ठूला कम्पनीले नेपालमा २०० अर्ब लगानी थप्दै

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा लगानी गरेका बहुराष्ट्रिय ठूला...

सेबोनलाई रौनियारको १५ सुझाव, आईपीओको १० कित्ते नीतिलाई निरन्तरता दिन आग्रह

अग्रज लगानीकर्ता छोटेलाल रौनियारले नेपाल धितोपत्र बोर्डलाई १५ बुँदे...
spot_img

This will close in 0 seconds