Saturday, June 20, 2026
spot_img

ग्लोबल आइएमई बैंकले विद्यार्थी तथा युवा लक्षित वित्तीय साक्षरता कार्यक्रम आयोजना गर्ने

spot_img
spot_img

ग्लोबल आइएमई बैंक लिमिटेडले ग्लोबल मनि विक २०२६ को अवसरमा विद्यार्थी तथा युवा लक्षित वित्तीय साक्षरताका कार्यक्रमहरु आयोजना गर्न लागेको छ । बैंकले ग्लोबल मनि विक २०२६ को अवसर पारेर मुलुकका सातवटै प्रदेशमा सप्ताहव्यापी रुपमा विद्यार्थी तथा युवा लक्षित वित्तीय तथा डिजिटल साक्षरताका कार्यक्रमहरु आयोजना गर्न लागेको हो ।

बैंकले ग्लोबल मनि विक २०२६ को मुख्य नारा “स्मार्ट मनि टक्स”लाई आत्मसाथ गरी यहि मार्च १६ देखी मार्च २२, २०२६ सम्म बैंकका विभिन्न शाखा कार्यालयहरुबाट वित्तीय साक्षरताको कार्यक्रम संचालन गर्नेछ । यसका साथै, बैंकले वित्तीय साक्षरतासम्बन्धी विभिन्न सामाग्रीहरु उत्पादन तथा प्रकाशन गरी आफ्नो आधिकारिक सामाजीक सञ्जालहरुमार्फत् पनि प्रशारण गर्ने बैंकले जनाएको छ ।

वित्तीय साक्षरता अभिवृद्विका लागि बैंकले हरेक वर्ष आफ्ना शाखा कार्यालयहरुमार्फत् विभिन्न कार्यक्रमहरु संचालन गर्दै आईरहेको छ । यस आर्थिक वर्षमा हालसम्म बैंकको ७० भन्दा बढि शाखा कार्यालयहरुले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरीसकेका छन् ।

कार्यक्रममा बचत, कर्जा, रेमिट्यान्स, डिजिटल बैंकिङ्ग, बीमा, लगानी, अतिरिक्त बैंकिङ्ग सेवाहरु, वित्तीय ठगी र वित्तीय अनुशासनसम्बन्धी विषयवस्तुमा जानकारी गराइएको बैंकले जनाएको छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सिभिल हस्पिटलको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान

सरकारले निजामती कर्मचारी अस्पताल (सिभिल हस्पिटल)को कार्यकारी निर्देशकका लागि...

भूमी व्यवस्था मन्त्रालयद्वारा थप तीन स्थानीय तहमा मालपोत सेवा सुरु

भूमी व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले...

भन्सारले भन्यो, ‘ईभी आयातमा कुनै कैफियत भेटिएन, नियमानुसार नै जाँचपास भएको पाइयो’

बजेटको सूचना चुहाएर गाडी आयात गरिएको भन्दै आयातकर्ता कम्पनीलाई...

प्रधानमन्त्रीद्वारा मकालुको १७ दिने ट्रेक तालिका सार्वजनिक

प्रधानमन्त्री वालेन्द्र शाहले मकालु बेस क्याम्प ट्रेकको यात्रा तालिका...

पाथीभरा केबलकारको विवाद समाधान गर्न कार्यदल गठन

सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

इप्पानको प्रमुख सल्लाहकारमा निवर्तमान अध्यक्ष कार्की मनोनित

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान)को प्रमुख सल्लाहकारमा निवर्तमान...
spot_img