आज आइतबार सुनचाँदीको भाउ घटेको छ । शुक्रबार प्रतितोला ३ लाख १४ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ४ हजार ८ सयले घटेर प्रतितोला ३ लाख ९ हजार ४ सय रुपैयाँमा आइपुगेको छ ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ६५ हजार २ सय ६० रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ पनि तोलामा २२५ रुपैयाँले घटेर प्रतितोला ५ हजार २ सय ७० रुपैयाँ कायम भएको छ । आज १० ग्राम चाँदीको भाउ ४ हजार ५ सय १८ रुपैयाँ तोकिएको छ ।













