Tuesday, August 11, 2026
spot_img

रिज लाइन इनर्जीको आईपीओ बिहीबार बाँडफाँड हुँदै

spot_img

रिज लाइन इनर्जी लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बिहिबार बाँडफाँड हुने भएको छ। बिक्री प्रबन्धक प्रभु क्यापिटलले फागुन १४ गते बिहान ९ बजे शेयर बाँडफाँड गर्न लागेको हो।

कम्पनीले माघ २८ गतेदेखि फागुन ४ गतेसम्म आम सर्वसाधारणलाई ११ लाख ८० हजार २ सय ६० कित्ता शेयर निष्काशन गरेको थियो।  कम्पनीले यस अघि नै आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ निष्काशन गरि बाँडफाँड गरिसकेको छ ।

नेपाल धितोपत्र बोर्डले मङ्सिर २२ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको थियो। यस कम्पनीले गोरखा र लमजुङमा ९.०५० मेगावाट क्षमताको सुपर चेपे खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०८० माघदेखि व्यापारिक उत्पादन गरिरहेको छ । कम्पनीले ११ मेगावाटको दुधपोखरी चेपे जलविद्युत आयोजनामा पनि लगानी गरेको छ ।

यस कम्पनीका अध्यक्ष डा. बसन्त गिरी हुन् भने अन्य संचालकमा प्रदिप राज गिरी, नारायण कंडेल, दिपेन्द्र हमाल, प्रतिमा तिवारी, र अशोक कुमार खड्का रहेका छन् । डा. विनोद पोखरेल कम्पनीका स्वतन्त्र संचालक हुन् ।

कम्पनीमा सोपान मल्टिपलको १० लाख कित्ता शेयर लगानी रहेको छ भने मुक्तिनाथ क्यापिटलको २ लाख कित्ता शेयर लगानी रहेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

कुमारी बैंकद्वारा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई १० लाख सहयोग

कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत...

नाइमा एक्स्पोमा Proton e.MAS 5 , यस्ता छन् विशेषता

नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा....

नाईमा एक्स्पोमा Ather 450X Overtones Series सार्वजनिक, स्टल भिजिट गर्दा स्कुटर जित्ने अवसर

वैद्य इनर्जी प्रा.लि. अन्तर्गत नेपालमा Ather Energy को आधिकारिक...

ICFC फाइनान्सद्वारा कर्णालीकी छात्रा शीता शाहीलाई शैक्षिक छात्रवृत्ति प्रदान

आइ.सि.एफ.सि. फाइनान्स लिमिटेडले कर्णाली प्रदेशबाट काठमाडौं आई जोरपाटीस्थित चामुण्डा...

मनसुन सर्भिस क्याम्प गर्दै सिजी, गाडीको निशुल्क चेकजाँच

सीजी होल्डिङ्सको अटोमोबाइल डिभिजन तथा नेपालमा सुजुकी गाडीको अधिकृत...
spot_img

This will close in 0 seconds