सन् २०२६ को जनवरी महिनामा आन्तरिक उडानतर्फ बुद्ध एयर सबैभन्दा धेरै यात्रुलाई सेवा दिने एयरलाइन्स कम्पनी बनेको छ । बुद्ध एयरले जनवरीमा १ लाख ७५ हजार ६१५ यात्रुलाई सेवा दिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।
धेरै यात्रुलाई सेवा दिने एयरलाइन्सको दोस्रो स्थानमा श्री एयरलाइन्स छ । श्री एयरले जनवरीमा ६९ हजार ६१२ यात्रुलाई सेवा दिएको छ ।
तेस्रो स्थानमा यती एयरलाइन्स छ । यतीले जनवरीमा ६६ हजार ७७४ यात्रुलाई सेवा दिएको छ । चौथो स्थानमा नेपाल एयरलाइन्स छ । उसले जम्मा २ हजार १४९ जनालाई मात्र सेवा दिएको छ ।
पाँचौं स्थानमा रहेको तारा एयरले १ हजार २९ यात्रुलाई सेवा दिएको छ ।












