Wednesday, August 26, 2026
spot_img
spot_img

यी हुन् दुर्घटनाग्रस्त सौर्यको जहाजमा रहेका १९ जना, १५ जनाको मृत्यु

spot_img

बुधबार बिहान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त भएको सौर्य एयरलायन्सको जहाजमा १९ जना सवार रहेको पाईएको छ । सो जहाजको पाइलट मनिष शाक्य थिए भने कोपाइलट एस कटुवाल रहेका थिए।

बाँकि १७ जना सौर्य एयरलायन्स कै कर्मचारी थिए । जस मध्ये १६ पुरुष र १ महिला रहेका छन् । विमानमा रहेका सौर्यका कर्मचारीहरुमा अमित मान महर्जन, सागर आचार्य, दिलिप वर्मा, मनुराज शर्मा, आश्विन निरौला, सुदिपलाल जोशी, सर्वेश मरासिनी, श्याम बिन्दुकर, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञ प्रसाद पौडेल, सन्तोष महतो, पुण्य रत्न शाही र अरेफ रेडा (विदेशी नागरिक) रहेका छन् ।

यी मध्ये १५ जनाको मृत्यु भएको र ४ जनाको उद्दाहर गरि ३ जनाको टिचिङ तथा एक जनाको केएमसी अस्पतालमा उपचार भईरहेको नेपाल प्रहरीले जनाएको छ ।  जहाज उडाईरहेका क्याप्टेन मनिष थापाको उद्दार गरि  सिनामंगलस्थित केएमसी अस्पताल लगिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको छ।

९एन-एएमई कल साइनको सो जहाज मर्मतको लागि एयरलायन्स कै इन्जीनियर र अन्य कर्मचारी बोकेर पोखराको लागि उडेको थियो । नेपाल नागरिक उड्ड्यन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार सो जहाज प्राविधिक परीक्षणका लागि पोखरा जान लागेको थियो ।

जहाज बुधबार बिहान ११ बजेतिर दुर्घटनामा परेको हो । दुर्घटना भए लगत्तै विमानमा आगो लागेको थियो ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

धितोपत्र बोर्डले नेप्से, सिडिएस, ब्रोकरदेखि सूचीकृत कम्पनीलाई दियो ३४ वटा निर्देशन

नेपाल धितोपत्र बोर्डले नेप्से, सिडिएस, मर्चेन्ट बैंकर, ब्रोकर, योजना...

सियरा ईभीको प्रि–बुकिङ सुरु, दशैँमा गाडी पाइने

टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले टाटाको...

 आगन्तुक रिसोर्ट लिमिटेडले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

आगन्तुक रिसोर्ट लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले...

 फराइजनको भी७ई ईभी भ्यान नाडा अटो शोमा सार्वजनिक

नाडा अटो शोमा फराइजनको नयाँ विद्युतीय भ्यान सार्वजनिक गरिएको...

४९.९९ लाखमै सार्वजनिक भयो स्काईवेल बीई ११, यस्तो छ नाडा अफर

लक्जरी चिनियाँ विद्युतीय सवारी ब्राण्ड ‘स्काईवेल’लाई एलआरआर मोटर्सले नेपालमा...

सुरु भयो स्वर्णजयन्ती विशेष नाडा अटो शो

स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु...