Tuesday, September 8, 2026
spot_img

हिमालयन ह्वाइट वाटर च्यालेन्ज फागुन १४ देखि

spot_img

नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सिज (नारा) ले फागुन १४ देखि १६ सम्म ‘२४औं हिमालयन ह्वाइट वाटर च्यालेन्ज २०२६’ तथा ५०औं अन्तर्राष्ट्रिय ह्वाइट वाटर र्‍याफ्टिङ र कायाकिङ महोत्सव गर्ने भएको छ । नाराले नेपाल पर्यटन बोर्डको सहकार्यमा यो कार्यक्रम आयोजना गर्न लागेको हो ।

पत्रकार सम्मेलन गरेर नाराले २४औं हिमालयन ह्वाइट वाटर च्यालेन्ज २०२६ मा ३० अन्तर्राष्ट्रिय खेलाडी र १ सय ४० राष्ट्रिय खेलाडी त्रिशुली नदीमा सहभागी हुने जानकारी गराएको छ ।

नाराका अध्यक्ष कमलबहादुर ठकुरीले हिमालयन ह्वाइट वाटर च्यालेन्ज एक प्रतियोगिता मात्र नभई नेपालको ५०औं जलयात्रा इतिहासको उत्सव भएको बताए ।

यस महोत्सव अन्तर्गत कायाकिङतर्फ दुई र र्‍याफ्टिङतर्फ एक गरी तीन विधामा प्रतिस्पर्धा हुनेछन् । जसमा पहिलो दिन १ सयभन्दा बढी कायकरबीच रेस, दोस्रो दिन नकआउट सेसन र तेस्रो दिन र्‍याफ्ट सेसन सञ्चालन हुनेछ ।

कार्यक्रममा ६ जनाको उपस्थिति रहने अपेक्षा छ । कार्यक्रममा र्‍याफ्टिङको व्यावसायिक सुरुवात गर्ने हिमालयन रिभ एक्स्प्लोरेसनका संस्थापकहरूलाई विशेष सम्मानसमेत गरिने छ ।

नेपालमा र्‍सन् १९६४ मा फ्रान्सेली टोलीले त्रिशूली र १९६५ मा सर एडमन्ड हिलारीको टोलीले सुनकोशीमा गरेको जलयात्रा महत्त्वपूर्ण कोसेढुंगा बनेका थिए । १९७५ मा हिमालयन रिभर एक्स्प्लोरेसन मार्फत व्यावसायिक र्‍याफ्टिङ औपचारिक रूपमा सुरु भएको थियो भने नारा २०४६ सालमा स्थापना भएको थियो ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

ग्यासमा खुलेआम ‘कालोबजारी’, एउटै सिलिण्डर साटेको ३ हजारसम्म

काभ्रेको बनेपामा एक उपभोक्ता ग्यास सकिएपछि भौतारिँदै हिडिरहेका थिए...

नाइमाद्वारा रसुवा बाढी प्रभावितका लागि ५० लाख सहयोग

रसुवा बाढीबाट प्रभावित समुदायको राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग...

सोलार र वायु उर्जामा ब्याट्री स्टोरेज प्रणाली अनिवार्य गर्दै भारत

भारतको केन्द्रीय विद्युत् प्राधिकरण (CEA) ले नयाँ ग्राउन्ड-माउन्टेड सोलार...

बढ्यो सुनचाँदीको भाउ

आज मंगलबार सुनको भाउ बढेको छ । सोमबार प्रतितोला...