Monday, August 24, 2026
spot_img
spot_img

निर्माण व्यवसायीलाई उपप्रधानमन्त्री सिंहको आश्वासन, ‘तपाइँहरुको बाँकी भूक्तानी दिलाउँछु’

spot_img

उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले निर्माण व्यवसायीहरुले भूक्तानी पाउन बाँकी पैसा दिलाउने आश्वासन दिएका छन् । मन्त्री सिंहलाई बधाई दिन पुगेको निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलसँग उपप्रधानमन्त्री सिंहले निर्माण व्यवसायीका जायज मागप्रति सरकार सकारात्मक रहेको बताउँदै पाउन बाँकी भूक्तानी दिलाउन प्रयत्न गर्ने आश्वासन दिएका हुन् ।

मन्त्री सिंहले नेपाल निर्माण व्यवसायी महासंघमार्फत देशैभरका निर्माण व्यवसायीहरुलाई आफूले जिम्मा लिएका आयोजनाहरू समयमै सम्पन्न गर्ने गरी काम गर्न आग्रह पनि गरेका छन् ।

‘निर्माण व्यवसायीहरूले राखेका माग सम्बोधन गर्न सरकार सकारात्मक छ, अब लामो कुरा गर्ने भन्दा पनि काम गरेर देखाउने समय छ, हामीले यसतर्फ लाग्नुपर्ने हुन्छ’ उनले भने ।

उपप्रधानमन्त्री सिंहलाई बधाई दिँदै निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायीले भोगिरहेका भूक्तानीदेखि सार्वजनिक खरिद ऐनमा गर्नुपर्ने संशोधनको विषयमा ध्यानाकर्षण गराएका थिए ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

बडीमालिका क्षेत्रमा पुग्यो टेलिफोन र इन्टरनेट सेवा

धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण बाजुराको बडीमालिका क्षेत्रमा टेलिफोन...

सुजुकी नेपालले भित्र्यायो ‘न्यू ब्रेजा’, पहिलोपटक टर्बो बुस्टरजेट इन्जिन

नेपालमा सुजुकी गाडीहरूको अधिकृत वितरक सुजुकी नेपालले आज ‘न्यू...

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

नेपाल चेम्बर अफ कमर्सले आफ्नो सल्लाहकार परिषद्का अध्यक्ष, हिरक...

प्राधिकरणले साउनको बिलमा पनि भ्याट समायोजन नगरेको उपभोक्ताको गुनासो

उपभोक्ताहरुले भदौमा जारी भएको (साउनको खपतको) बिजुलीको बिलमा पनि...

भेन्चर हायर पर्चेंज लिमिटेडले १५ प्रतिशत लाभांश दिने, साधारणसभा आह्वान

आईएमई ग्रुपको हायर पर्चेज कम्पनी भेन्चर हायर पर्चेंज लिमिटेडले...

आक्रामक मूल्यमा नेपाल प्रवेश गर्‍यो ‘दीपल नेभो क्यूओ५’

चिनियाँ अटोमोबाइल ब्रान्ड चांगानको उत्पादन ‘दीपल नेभो क्यूो५’ नेपालमा...
spot_img