Tuesday, August 25, 2026
spot_img
spot_img

बुद्ध एयरको भ्यालेन्टाइन अफरः एकै टिकटमा दुई जनालाई एभरेष्ट एक्सपेरियन्स

spot_img

बुद्ध एयरले यस वर्षको भ्यालेन्टाइन डेलाई लक्षित गर्दै आफ्ना ग्राहकहरूका लागि भ्यालेन्टाइन अफर सार्वजनिक गरेको छ ।

हरेक वर्ष फेब्रुअरी १४ मा मनाइने प्रेम दिवसलाई अविस्मरणीय बनाउन बुद्ध एयरले ‘एभरेष्ट एक्सपेरियन्स’ उडानमा एकै टिकटमा दुई जना उड्न मिल्ने योजना ल्याएको हो । यस योजना अन्तर्गत जोडीहरूले १४ हजार २६५ रुपैयाँमा सगरमाथालगायतका विभिन्न हिमशृङ्खलाहरूको अवलोकन गर्न पाउनेछन् ।

काठमाडौं विमानस्थलबाट सुरु भई करिब १ घण्टाको हिमाली दृश्यावलोकनपछि जहाज पुनः काठमाडौंमै अवतरण हुनेछ । उडानमा सहभागी जोडीहरूलाई गुलाबको फूल, चकलेटलगायत उपहार प्रदान गरिनेछ ।

बुद्ध एयरले विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि प्रेमिल जोडीहरूलाई हिमालको काखमा माया साटासाट गर्ने अवसर प्रदान गर्न यो प्याकेज ल्याएको जनाएको छ ।

यस अफरका सिटहरू सीमित भएकाले इच्छुक यात्रुहरूले समयमै आफ्नो टिकट सुरक्षित गर्न बुद्ध एयरले अनुरोध गरेको छ । टिकट बुकिङका लागि बुद्ध एयरको आधिकारिक वेबसाइट, मोबाइल एप वा नजिकैको सेल्स काउन्टरमा सम्पर्क गर्न सकिनेछ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

सुरु भयो स्वर्णजयन्ती विशेष नाडा अटो शो

स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु...

अपर हेवाखोलाले पायो हकप्रद निष्काशनको पूर्व स्वीकृति, घट्यो अनुपात

अपर हेवाखोला हाइड्रोपावर कम्पनीले हकप्रद निष्काशनको लागि विद्युत नियमन...

घट्यो सुनचाँदीको भाउ

आज मंगलबार सुनको भाउ घटेको छ । सोमबार प्रतितोला...

व्हाइट फेदर्सको अफर: EMI मै गहना, डायमण्डमा ५५ प्रतिशत छुटदेखि १ किलो चाँदी जित्ने अवसर

काठमाडौँको खिचापोखरीस्थित व्हाइट फेदर्स ज्वेलरीले सुन, चाँदी र हिराका...

‘सेटलमेन्टमा समस्या आउनासाथ ब्रोकरलाई निलम्बन गर्नुहुन्न’

पछिल्लो समय शेयरबजार निरन्तर ओरालो लागिरहेको छ। बैंकको ब्याजदर...

सुपर मादी हाइड्रोपावरको लाभांश घोषणा

सुपर मादी हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीको...