Monday, May 25, 2026
spot_img

चालु आर्थिक वर्षमा १७ सचिवले अनिवार्य अवकाश पाउँदै (सूचीसहित)

spot_img
spot_img

चालु आर्थिक वर्ष २०८१/८२ मा कायममुकायम मुख्यसचिवसहित १७ जना सचिव (विशिष्ट श्रेणी)ले अनिवार्य अवकाश पाउँदै छन्। राष्ट्रिय किताबखाना (निजामती) का अनुसार उनीहरु  उमेर हद र सेवा अवधिका कारण अनिवार्य अवकाशमा जान लागेका हुन् ।

चालु आर्थिक वर्षमा सबैभन्दा पहिले कायममुकायम मुख्यसचिव लीलादेवी गडतौलाले अवकाश पाउने छिन् । उनले २०८१ भदौ १५ गतेबाट अवकाश पाउने छिन् । त्यस्तै भदौ मै सचिवद्वय तोय नारायण ज्ञवाली र कृष्ण कान्त उपाध्ययले अवकाश पाउने छन् ।

चालु आवमा सबैभन्दा अन्तिममा हालकी परराष्ट्र सचिव सेवा लम्सालले अवकाश पाउने छिन् । उनको अवकाशको मिति २०८२ असार ५ रहेको छ ।

२०८१ साउन १ गतेदेखि २०८२ असार मसान्तसम्मको अवधिमा सबै तहका कुल २ हजार ११९ जना सरकारी निजामती कर्मचारीले अनिवार्य अवकाश पाउने राष्ट्रिय किताबखाना (निजामती) ले जनाएको छ ।

हेर्नुस् चालु आर्थिक वर्षमा अवकाश पाउने १७ सचिव: 

लीलादेवी गड्तौला – २०८१ भदौ १५

तोय नारायण ज्ञवाली – २०८१ भदौ २२

कृष्ण कान्त उपाध्याय- २०८१ भदौ २५

राम कृष्ण सुवेदी- २०८१ कार्तिक ५

मनिलाल गेलाल – २०८१ मङ्सिर १३

तोय नाथ अधिकारी- २०८१ मङ्सिर २८

दिनेश भट्टराई: २०८१ माघ २०

रोशन पोखरेल: २०८१ फागुन १२

टेक नारायण पाण्डे: २०८१ फागुन १२

मधु कुमार मरासिनी: २०८१ फागुन १६

एक नारायण अर्याल : २०८१ फागुन १८

अर्जुन प्रसाद पोखरेल : २०८२ वैशाख २ गते

गणेश प्रसाद पाण्डे: २०८२ वैशाख ३०

उदयराज सापकोटा : २०८२ जेठ २८

सुदर्शन खड्का : २०८२ जेठ ३०

शिव राज चौलागाई : २०८२ असार ४

सेवा लम्साल : २०८२ असार ५

 

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

डीडीसीले किसानलाई दिन थाल्यो दूधको रकम, दैनिक १ करोड भुक्तानी हुँदै

कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले दूग्ध विकास...

सबै कर्मचारी र श्रमिकको न्यूनतम तलब ३० हजार कायम गर्न माग गर्दै बालेनलाई पत्र

पेसागत महासङ्घ नेपालले श्रमिक एवं राष्ट्रसेवक कर्मचारीको तलब बृद्वि...

६० जिल्लामा हुलाकबाट घरमै पुग्छ लाइसेन्स र पासपोर्ट, अब सिम पनि घरमै पुर्याईने

सरकारले सार्वजनिक सेवा प्रवाहलाई नागरिकको घरदैलोमै पुर्‍याउने उद्देश्यले सुरु...

गर्मी बढेपछि भारतमा विद्युतको मागमा नयाँ रेकर्ड, ६३ प्रतिशत आपूर्ति कोइलाबाटै

तीव्र गर्मीको लहरका कारण भारतको विद्युत् मागले नयाँ कीर्तिमान...

३ बजे मन्त्रिपरिषद्को बैठक बस्दै, धितोपत्र बोर्डमा अध्यक्ष नियुक्तिको सम्भावना उच्च

नेपाल धितोपत्र बोर्डमा आज अध्यक्ष नियुक्त हुन सक्ने सम्भावना...

बढ्यो सुनचाँदीको भाउ

आज सोमबार सुनको भाउ बढेको छ । आइतबार २...
spot_img