Sunday, July 5, 2026
spot_img

एथरको स्कुटरमा गोवाबाट काठमाडौँ आईपुगे दुई राइडर, ६ हजार किमिको कीर्तिमानी यात्रा

spot_img

भारतको गोवाबाट आएका दुई उत्साही राइडरहरूले Ather 450 इलेक्ट्रिक स्कुटरमा नेपालसम्मको महत्वाकांक्षी क्रस–कन्ट्री यात्रा पूरा गरेका छन्। आगमन–प्रस्थान सहित यो यात्रा ६,००० किलोमिटर भन्दा बढी दूरीको रहेको छ।

कम्पनीका अनुसार यस यात्रालाई Asia Book of Records मा दर्ता गर्ने योजना अनुसार, दुई महत्वपूर्ण कीर्तिमान हासिल गर्ने लक्ष्य राखिएको छ—
• एक व्यक्तिद्वारा गरिएको सबैभन्दा लामो इलेक्ट्रिक स्कुटर यात्रा, र
• पहिलो पटक सम्पन्न भएको क्रस–कन्ट्री इलेक्ट्रिक स्कुटर यात्रा।

आज पनि धेरै राइडरहरूका लागि इलेक्ट्रिक स्कुटर रोज्दा सबैभन्दा ठूलो चिन्ता भनेकै रेन्ज एङ्जायटी र चार्जिङको असहजता हो। यो यात्राले ती शंकाहरूलाई विज्ञापन वा दाबीमार्फत होइन, प्रत्यक्ष अनुभवमार्फत सम्बोधन गरेको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार ९ जनवरीमा गोवा, भारतबाट सुरु भएको यस यात्रामा, राइडरहरूले गोवा → गोरखपुर → बुटवल → चितवन → काठमाडौँ सम्मको मार्ग तय गरे। यस क्रममा उनीहरूले विभिन्न भू–भाग, लामो राजमार्ग, अन्तरदेशीय सीमा र वास्तविक चार्जिङ अवस्थाहरूको सामना गरे।

कम्पनीले भनेको छ ‘यात्रामा तय गरिएको प्रत्येक किलोमिटरले एउटै सन्देश दिएको छ—Ather अब दूरी वा विश्वसनीयताले सीमित छैन। Ather को बलियो 450 प्लेटफर्म र विस्तार हुँदै गएको चार्जिङ इकोसिस्टमको भरमा, यो यात्राले EV अपनाउने क्रममा देखिने दुई ठूला चुनौती— चार्जिङ एङ्जायटी र रेन्ज एङ्जायटी— लाई अनुभवकै माध्यमबाट समाधान गरेको छ।’

कम्पनीका अनुसार यो यात्रा सडक र कीर्तिमानभन्दा पनि गहिरो उद्देश्य बोकेको थियो— सिमाना पार गरेर Ather समुदायलाई जोड्ने। भारत हुँदै नेपाल प्रवेश गर्ने क्रममा, यस यात्राले भारत र नेपालका Ather प्रयोगकर्ताहरूबीच अर्थपूर्ण भेटघाट र संवाद सिर्जना गरेको कम्पनीले जनाएको छ। यसले EV प्रयोगकर्ताहरूबीच विश्वास, अपनत्व र इलेक्ट्रिक मोबिलिटीप्रतिको साझा विश्वास लाई अझ बलियो बनाएको कम्पनीले उल्लेख गरेको छ।

यस यात्रामा प्रयोग गरिएको Ather 450 भारतमै डिजाइन, इन्जिनियर र निर्माण गरिएको स्कुटर हो। कम्पनीका नुसार यात्रा क्रममा, स्कुटर १७ जनवरीमा बुटवल, १८ जनवरीमा चितवन, र १९ जनवरीमा काठमाडौँ पुगेको थियो।
प्रत्येक Ather Experience Center मा EV तथा टेक उत्साहीहरूसँग Meet & Greet कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

आईएमएफको उच्चस्तरीय टोलीद्वारा अर्थतन्त्र र सुधार एजेन्डाबारे नेपाली पक्षसँग छलफल

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को उच्चस्तरीय प्रतिनिधिमण्डलले नेपाल सरकारका उच्च...

बालेन सरकारले सय दिनमा के के गर्‍यो ? (पूर्णपाठ)

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहको नेतृत्वमा सरकार...

नेपाल खाद्य किराना व्यवसायी संघको अध्यक्षमा देवेन्द्र भक्त श्रेष्ठ

नेपाल खाद्य किराना व्यवसायी संघको अध्यक्षमा देवेन्द्र भक्त श्रेष्ठ...

उद्योगपति गोल्यानको आह्वानः बाँझो जग्गामा अम्बा खेती गर्नुहोस्, हामी किनिदिन्छौँ

उद्योगपति पवन गोल्यानले किसान र सर्वसाधारणलाई आफ्नो बाँझो जमिनमा...

एनवाईइएफ काठमाडौँ च्याप्टरको अध्यक्षमा अनुभव श्रेष्ठ

नेपाली युवा उद्यमी मञ्च (एनवाईइएफ) काठमाडौँ च्याप्टरको अध्यक्षमा अनुभव...

मौद्रिक नीतिमा महासंघको सुझावः व्यवसायीले पनि विदेशबाट ऋण ल्याउन पाउने व्यवस्था गरियोस्

नेपाल उद्योग वाणिज्य महासंघले आगामी आर्थिक वर्षको मौद्रिक नीतिका...
spot_img