Wednesday, August 5, 2026
spot_img

एम्बे स्टील्स लिमिटेडले प्रिमियम मूल्यमा आइपीओ निष्काशन गर्ने

spot_img

एम्बे स्टील्स लिमिटेडले प्रिमियम मूल्यमा आइपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले माघ २८ गते बोलाएको साधारणसभामा प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्ने विशेष प्रस्ताव पेश हुन लागेको हो।

कम्पनीको साधारणसभाको विशेष प्रस्तावमा कम्पनीको  प्रिमियम मूल्य निर्धारण गरि सर्वसाधारणमा आईपीओ जारी गर्ने,  र सो सम्बन्धी सम्पूर्ण कार्य अगाडि बढाउनको लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पेश हुने छ। त्यस्तै शेयरको सार्वजनिक निष्काशनको लागि बिक्री प्रबन्धक र अण्डरराईटर नियुक्त गर्ने, शेयरको सार्वजानिक निष्काशनबाट प्राप्त रकमको उपयोगबारे निर्णय गर्ने  सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पेश हुने छ ।  सभामा सञ्चालकहरुको पारीश्रमिक र भत्ताबारे निर्णय गर्ने, बैंक र ऋण सम्बन्धमा छलफल गरि निर्णय गर्ने प्रस्ताव पनि पेश हुने छ।

यो कम्पनी एम्बे ग्रुप अन्तर्गतको कम्पनी हो । एम्बे ग्रुपका अध्यक्ष शोभाकर (हरि) न्यौपाने हुन् । एम्बे स्टील्सको फ्याक्ट्री भैरहवा रहेको छ भने कम्पनीको दैनिक उत्पादन क्षमता ४ सय टन रहेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

तातोपानी नाका अवरुद्दः कपडादेखि हाइड्रोका इक्वीपमेन्ट चीनतिरै रोकिए

चीनसँगको प्रमुख ब्यापारिक नाका ‘तातोपानी नाका’ असार अन्तिमदेखि बन्द...

४८.४६ प्रतिशतले बढ्यो महालक्ष्मी विकास बैंकको खुदनाफा, ४६.५१ करोड बाड्न मिल्ने

महालक्ष्मी विकास बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको...

एभरेष्ट बैंकको नाफा ५ अर्ब नाघ्यो, ईपीएस ३६.९५ रुपैयाँ

एभरेष्ट बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको अपरिस्कृत...

राष्ट्र बैंकका कार्यकारी निर्देशकहरुलाई अर्थमन्त्रीका प्रश्नै प्रश्न

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बुधबार नेपाल राष्ट्र बैंकका कार्यकारी...

४२ सयले महँगियो सुन, चाँदीको भाउ पनि वृद्धि

आज बुधबार सुनचाँदीको भाउ बढेको छ । मंगलबार प्रतितोला...

नबिलको नाफामा उल्लेख्य वृद्धि, निष्क्रिय कर्जा घट्यो

नबिल बैंकले गत आर्थिक वर्ष २०८२/०८३ मा ७ अर्ब...
spot_img