Friday, March 13, 2026

निर्वाचन आयोगद्वारा गगन थापा नेतृत्वको नेपाली काङ्ग्रेसलाई आधिकारिकता प्रदान

spot_img
spot_img

निर्वाचन आयोगले गगन थापा नेतृत्वको काङ्ग्रेसलाई नेपाली काङ्ग्रेसको आधिकारिता प्रदान गरेको छ । आयोगको आज बसेको बैठकले थापा नेतृत्वको काङ्ग्रेसलाई नेपाली काङ्ग्रेसको आधिकारिता प्रदान गर्ने निर्णय गरेको हो।

कांग्रेसका महामन्त्री रहेका गगन थापा र विश्व प्रकाश शर्माको अगुवाईमा विशेष महाधिवेश गरेर पुस अन्तिममा गगन थापाको सभापतित्वमा नयाँ कार्यसमिति चयन भएको थियो। तर संस्थापन पक्षले भने सो विशेष महाधिवेश पार्टीले आयोजना नगरेको भन्दै गगन र विश्वलाई पार्टीबाट नै निकाल्ने निर्णय गरेको थियो।

सभापति शेर बहादुर नेतृत्वको काङ्ग्रेसले आफु नै आधिकारिक कांग्रेस भएको र पार्टीले कुनै विशेष महाधिवेशन नगरेको भन्दै पार्टीको आधिकारिकता आफुलाई दिन भन्दै निर्वाचन आयोग पुगेको थियो। गगन-विश्व समूह भने पार्टीले विशेष महाधिवेशन गरेर गगन थापाको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको भन्दै सोहि अनुसार अध्यावधिक गरिदिन आयोग पुगेको थियो।

जसमा आयोगले गगन थापाको नेतृत्व  नै कांग्रेसको आधिकारिक भएको निर्णय गरेको हो । यस संगै अब कांग्रेसको चुनाव चिन्ह रुख र पार्टीको चार तारे झण्डा गगन थापा नेतृत्वको कांग्रेसले पाउने छ। यद्यपि यो विषय सर्वोच्च अदालत पुग्ने निश्चित छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

४०० रुपैयाँमा पुनर्बीमा कम्पनीको २१ लाख ७१ हजार कित्ता शेयर बिक्री गर्दै यूनाइटेड अजोड इन्स्योरेन्स

यूनाइटेड अजोड इन्स्योरेन्सले आफ्नो स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनीको...

कहिलेसम्म कायम शेयरधनीले पाउँछन् हिमालयन पावर पार्टनरको हकप्रद ?

हिमालयन पावर पार्टनर लिमिटेडले हकप्रद निष्काशनको बुक क्लोज मिति...

सोपान फर्मास्युटिकल्सले चैत्र ९ गतेदेखि आईपीओ निष्काशन गर्ने

सोपान फर्मास्युटिकल्स लिमिटेडले चैत्र ९ गतेदेखि पहिलो चरणको आईपीओ...

आजदेखि आधा सिलिण्डर ग्यास मात्र बिक्री हुने, अभाव हट्ने विश्वास

आज शुक्रबारदेखि आयल निगमले आधा सिलिन्डर ग्यास मात्र बिक्री...

पाल्पा सिमेन्टको आईपीओ आज बाँडफाँड हुँदै

पाल्पा सिमेन्ट इण्डष्ट्रीजले निष्काशन गरेको आईपीओमा आज फागुन २९...

स्वस्तिक एग्रो इण्डष्ट्रिजको साधारणसभा आह्वान, यस्ता छन् ७ प्रस्ताव

स्वस्तिक एग्रो इण्डष्ट्रिज लिमिटेडले साधारणसभा आह्वान गरेको छ ।...
spot_img