Sunday, July 5, 2026
spot_img

महेन्द्र शक्ति माविको ६५ औँ वार्षिकोत्सवः पूर्व विद्यार्थीद्वारा भाइबहिनीलाई न्यानो कपडा वितरण

spot_img

गोरखा सहिद लखन गाउँपालिका–१, बक्राङस्थित श्री महेन्द्र शक्ति माध्यमिक विद्यालयको ६५ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ। सोही अवसरमा विद्यालयका पूर्व विद्यार्थीहरूको सक्रियतामा वर्तमान विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरिएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रत्न बहादुर आलेको अध्यक्षतामा भएको वार्षिकोत्सव समारोहमा शिक्षा अधिकृत राजेन्द्र खनाल प्रमुख अतिथी रहेका थिए।

समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवं शिक्षा अधिकृत राजेन्द्र खनालले विद्यालयको शैक्षिक सुधारमा पूर्व विद्यार्थीहरूको योगदानको उच्च प्रशंसा गरे । आफूलाई सबल बनाउने र जीवनको जग निर्माण गर्ने विद्यालयलाई सम्झेर पूर्व विद्यार्थीहरूले गरेको न्यानो कपडा वितरण कार्य अत्यन्तै पवित्र र अनुकरणीय रहेको उनले बताए । आगामी दिनमा पनि विद्यालयको शैक्षिक र भौतिक विकासका लागि यस्तै सहकार्य जारी रहने विश्वास व्यक्त गर्दै उनले पुरस्कार विजेता विद्यार्थीहरूलाई बधाई तथा विद्यालयको निरन्तर प्रगतिको कामना गरे ।

कार्यक्रममा पूर्व विद्यार्थीहरूको तर्फबाट पुनर्मिलन कार्यक्रमका पहलकर्ता मीना अर्यालले आफ्नो बाल्यकालको विद्यालय र गुरुप्रतिको अगाध श्रद्धा व्यक्त गर्दै मन्तव्य राखेकी थिइन् । २० वर्षपछि विद्यालयको आँगनमा टेक्न पाउँदा भावुक बनेकी अर्यालले भनिन्, ‘२० वर्षअघि यही गेटबाट सपना बोकेर निस्किएका हामी आज आफ्नै बाल्यकालका दौँतरीहरूसँग विद्यालयको माटोमा फर्किन पाउँदा शब्दमा वर्णन गर्न नसकिने खुसी लागेको छ ।’

सामाजिक सञ्जालमार्फत एक महिनाको छोटो अवधिमा विश्वभर र देशभर रहेका साथीहरूलाई गोलबद्ध गरी यो पुनर्मिलन सम्भव भएको उनले जानकारी दिइन् । अर्यालले थपिन्, ‘हामी आज जहाँ छौँ, त्यसको जग यही विद्यालय र हाम्रा गुरुहरूको मार्गदर्शन हो । अहिले देश बाहिर वा अन्य काम विशेषले आउन नसक्नुभएका साथीहरूको भावनालाई समेत समेटेर हामीले भाइबहिनीहरूका लागि यो न्यानो कपडा उपहार ल्याएका हौँ । यो केवल वस्तु मात्र नभई हामी दाइ दिदीहरूको तर्फबाट बाँडिएको माया र आशीर्वादको पोको हो ।’

आफ्नो शैक्षिक जग निर्माण गरिदिएको विद्यालयप्रतिको अगाध प्रेम र कृतज्ञता प्रकट गर्दै २१ जना पूर्व विद्यार्थीहरूको विशेष सक्रियतामा विद्यालयका ५० जना विद्यार्थी भाइबहिनीहरूलाई न्यानो कपडा (स्वीटर) उपहार स्वरूप प्रदान गरिएको छ । यस कार्यमा ऋषि अर्याल, ज्ञान हरि अर्याल, मिना आर्यल, सुनिल न्यौपाने, रवि अर्याल, दिनेश बाँनिया, सानु माया थापा, केशव थापा, हरिराम श्रेष्ठ, इश्वरी अर्याल, शान्ता पाण्डे, सुनिता अर्याल, सुमित्रा अर्याल, सुमित्रा अर्याल (अधिकारी), सपना संग्रौला, विनिता कोइराला, निर्मला पन्त, सरिता अर्याल, दिव्य अर्याल, सन्सरा थापा, र सुनिता न्यौपाने लगायतका साथीहरूले सामूहिक योगदान पुर्‍याएको अर्यालले जानकारी दिइन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक तथा अभिभावकहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा पूर्व विद्यार्थीहरूको यो निस्वार्थ सहयोग र विद्यालयप्रतिको सद्भावको उच्च प्रशंसा गरिएको थियो । पूर्व विद्यार्थीहरूको तर्फबाट भएको यो सहयोगले विद्यालय र पुराना विद्यार्थीहरूबीचको सम्बन्धलाई थप प्रगाढ बनाएको विद्यालय प्रशासनले जनाएको छ ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक प्रकाश अर्यालले वार्षिक प्रगति विवरण प्रस्तुत गरेका थिए ।

महेन्द्र शक्ति माध्यमिक विद्यालयको वार्षिकोत्सवमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रत्न बहादुर आलेले विद्यालयको शैक्षिक विकासमा शिक्षक तथा शिक्षिकाहरूले पुर्‍याउनुभएको योगदानको उच्च प्रशंसा गरे ।

वार्षिकोत्सवको अवसरमा पूर्व विद्यार्थी शान्ता पाण्डेले आफ्ना स्वर्गिय बुवा टीकाप्रसाद पाण्डेको सम्झनामा विद्यालयलाई तातो र चिसो पानी आउने डिस्पेन्सर र परत बहादुर थापाले स्टेशनरी सामग्री वितरण गरेका थिए । पुर्व शिक्षक विरवल सिर्मल, जित बहादुर थापाको विदाइ तथा सम्मान कार्यक्रम पनि भएको थियो। विभिन्न अतिरिक्त क्रियाकलापका बिजेताहरूलाई पुरस्कार वितरण गरिएको थियो भने विभिन्न साँस्कृतिक प्रस्तुती समेत देखाएका थिए ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

आईएमएफको उच्चस्तरीय टोलीद्वारा अर्थतन्त्र र सुधार एजेन्डाबारे नेपाली पक्षसँग छलफल

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को उच्चस्तरीय प्रतिनिधिमण्डलले नेपाल सरकारका उच्च...

बालेन सरकारले सय दिनमा के के गर्‍यो ? (पूर्णपाठ)

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहको नेतृत्वमा सरकार...

नेपाल खाद्य किराना व्यवसायी संघको अध्यक्षमा देवेन्द्र भक्त श्रेष्ठ

नेपाल खाद्य किराना व्यवसायी संघको अध्यक्षमा देवेन्द्र भक्त श्रेष्ठ...

उद्योगपति गोल्यानको आह्वानः बाँझो जग्गामा अम्बा खेती गर्नुहोस्, हामी किनिदिन्छौँ

उद्योगपति पवन गोल्यानले किसान र सर्वसाधारणलाई आफ्नो बाँझो जमिनमा...

एनवाईइएफ काठमाडौँ च्याप्टरको अध्यक्षमा अनुभव श्रेष्ठ

नेपाली युवा उद्यमी मञ्च (एनवाईइएफ) काठमाडौँ च्याप्टरको अध्यक्षमा अनुभव...

मौद्रिक नीतिमा महासंघको सुझावः व्यवसायीले पनि विदेशबाट ऋण ल्याउन पाउने व्यवस्था गरियोस्

नेपाल उद्योग वाणिज्य महासंघले आगामी आर्थिक वर्षको मौद्रिक नीतिका...
spot_img