Tuesday, August 4, 2026
spot_img

 नेशनल लाईफ इन्स्योरेन्सको साधारणसभा सम्पन्न

spot_img

नेशनल लाईफ इन्स्योरेन्सको ३८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।  आज बुधबार कम्पनीको अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा सभा सम्पन्न भएको हो ।

३८ औं वार्षिक साधारण सभाले आ.व. २०८१÷०८२ को लागि कम्पनीको अद्यावधिक चुक्ता पूँजी रु.५,४७,२७,३९,७३६  मा ८.५ प्रतिशतका दरले नगद लाभांश रु.४६,५१,८२,८७८  र ४ प्रतिशतका दरले वोनस शेयर लाभांश रु.२१,८९,०९,५८९  साथै उक्त नगद एवं वोनस लाभांशमा कर प्रयोजनको लागि रु.३,६०,०४,८६७ नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । नियामक निकायले जीवन बीमा कम्पनीको चुक्ता पूँजी रु.५ अरब पु¥याउनु पर्ने वाध्यात्मक ब्यवस्था गरेकोमा हाल कायम रहेको चुक्ता पूँजी रु.५,४७,२७,३९,७३६  मा ४ प्रतिशतको वोनस शेयर थप भई कूल चुक्ता पूँजी रु.५,६९,१६,४९,३२५ पुगेको छ ।

कम्पनीको कूल लगानी समिक्षा वर्षमा ११.०४ प्रतिशतले बृद्धि भई वर्षान्तमा रु.७,७९०.२० करोड पुगेको छ । कम्पनीको लगानी प्रतिफलमा स्थायित्व ल्याउन दीर्घकालिन निक्षेपमा अधिकतम् लगानी गर्न कम्पनी प्रयासरत छ । कम्पनीको लगानीमा वार्षिक औसत प्रतिफल दर सन्तोषजनक छ र आ.व.२०८१÷०८२ मा सो दर ८.७६ प्रतिशत कायम रहेको छ ।

सभामा अध्यक्षले आ.व.२०८१÷०८२ मा कम्पनीको ब्यवसाय सन्तोषनजनक रहेको बताइन् । उनका अनुसार कम्पनीको कूल बीमाशुल्क १०.२६ प्रतिशतले बृद्धि भई रु.२,२५९.३७ करोड पुगेको छ । समिक्षा वर्षको संचालनवाट जम्मा रु.१,४९८.५९ करोड खूद थप रकम कूल बीमा करार दायित्वमा सारिएको छ र कूल बीमा करार दायित्व गत वर्षको तुलनामा १८.८३ प्रतिशतले बृद्धि भई वर्षान्तमा रु.९,४५८.७७ करोड पुगेको छ । यसै गरी कम्पनीले समीक्षा वर्षमा मृत्यु दावी, अवधि समाप्ती एवं आंशिक अवधि समाप्ती दावी, सर्मपण मूल्य, दावी एंव अन्य दावी भुक्तानीमा रु. ९४८.६५ करोड दावी भुक्तानी गरेको छ ।

कम्पनीले आफ्नो लगानी विविधिकरण गर्न प्रयासरत रहेको र सोही क्रममा कम्पनीले आ.व.२०८२÷०८३ मा हिमालयन बैंक लि. को २,८०,१२,४४७.४५ कित्ता संस्थापक शेयर रु.३,३३,०१,१९,७५२÷८५ मा खरीद गरेको र उक्त बैंकमा कम्पनीको शेयर स्वामित्व हिस्सा १३.६१ प्रतिशत पुगेको छ । यसै गरी कम्पनीले मर्चेण्ट बैंकरको रुपमा प्रवर्धन गरेको सहायक कम्पनी नेशनल क्यापिटल लि.ले आवश्यक ईजाजतपत्र प्राप्त गरी संचालनमा आएको छ र आ.व.२०८१÷०८२ को लागि पहिलो पल्ट ७ प्रतिशत नगद लाभांश वितरण गरेको छ ।

कम्पनीले आफ्नो ईटहरी शाखाको लागि आफ्नो स्वांमित्वमा रहेको जग्गामा नयां आधुनिक ब्यापारिक भवन निर्माण प्रकृया पनि अघि बढाएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

सिद्धार्थ बैंकको नाफा ३ अर्ब ५१ करोड, ईपीएस २३.०६ रुपैयाँ

सिद्धार्थ बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको अपरिस्कृति...

शाइन रेसुङ्गाले ‘बेस्ट बैंक’सहित पायो ३ वटा अवार्ड

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले विकास बैंकतर्फ बेस्ट बैंक अवार्ड...

८२ प्रतिशतले बढ्यो शाइन रेसुङ्गाको खुदनाफा, ईपीएस २३.५२ रुपैयाँ

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो...

बीमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव समिति गठन

अर्थ मन्त्रालयले बीमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव...

एनएमबि बैंकको खुदनाफा ४ अर्ब माथि, ईपीएस २०.१८ रुपैयाँ

एनएमबि बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको अपरिस्कृति...

आयोगसँग इप्पानका १२ माग, निजी क्षेत्रलाई विद्युत व्यापारमा सहभागी गराउन आग्रह

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले निजी क्षेत्रलाई...
spot_img