Sunday, July 5, 2026
spot_img

मध्य भोटेकोशी जलविद्युत कम्पनीको अध्यक्षमा तुलसीराम ढकाल चयन

spot_img

मध्य भोटेकोशी जलविद्युत कम्पनीको अध्यक्षमा तुलसीराम ढकाल चयन भएका छन् । कम्पनीको पुस २९ गते बसेको संचालक समितिको बैठकले ढकाललाई पुस २९ गतेदेखि नै लागू हुने गरि अध्यक्ष पदमा चयन गरेको हो। ढकाल चिलिमे जलविद्युत कम्पनीबाट प्रतिनिधित्व गर्दै मध्य भोटेकोशीमा संचालक सदस्य थिए।

यस अघि नेपाल विद्युत प्राधिकरणबाट प्रतिनिधित्व गर्ने सुभाष कुमार मिश्र मध्य भोटेकोशीको अध्यक्ष थिए। तर मिश्रले उमेर हदका कारण पुस २८ गतेदेखि प्राधिकरणबाट अनिवार्य अवकाश पाएका छन् । त्यसपछि रिक्त  अध्यक्ष पदमा ढकाल चयन भएका हुन्। प्राधिकरणले कम्पनीमा निर्देशक टेकनाथ तिवारीलाई संचालक चयन गरि पठाएको छ।

यस्तो छ कम्पनीको अबको संचालक समिति 

तुलसीराम ढकाल- अध्यक्ष , चिलिमे जलविद्युत कम्पनीबाट प्रतिनिधित्व
टेकनाथ तिवारी-सञ्चालक, नेपाल विद्युत प्राधिकरणबाट प्रतिनिधित्व
बाबुराजा महर्जन-सञ्चालक, चिलिमे जलविद्युत कम्पनीबाट प्रतिनिधित्व
नारायण प्रसाद आचार्य-सञ्चालक, चिलिमे जलविद्युत कम्पनीबाट प्रतिनिधित्व
गोविन्द प्रसाद पराजुली-सञ्चालक, सर्वसाधारण शेयरधनीबाट प्रतिनिधित्व
रामकुमार थेबे -सञ्चालक, सर्वसाधारण शेयरधनीबाट प्रतिनिधित्व
भूमिनन्द अर्याल-सञ्चालक, सर्वसाधारण शेयरधनीबाट प्रतिनिधित्व
रमा खड्का-सञ्चालक , सर्वसाधारण महिला शेयरधनीबाट प्रतिनिधित्व

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

आईएमएफको उच्चस्तरीय टोलीद्वारा अर्थतन्त्र र सुधार एजेन्डाबारे नेपाली पक्षसँग छलफल

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को उच्चस्तरीय प्रतिनिधिमण्डलले नेपाल सरकारका उच्च...

बालेन सरकारले सय दिनमा के के गर्‍यो ? (पूर्णपाठ)

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहको नेतृत्वमा सरकार...

नेपाल खाद्य किराना व्यवसायी संघको अध्यक्षमा देवेन्द्र भक्त श्रेष्ठ

नेपाल खाद्य किराना व्यवसायी संघको अध्यक्षमा देवेन्द्र भक्त श्रेष्ठ...

उद्योगपति गोल्यानको आह्वानः बाँझो जग्गामा अम्बा खेती गर्नुहोस्, हामी किनिदिन्छौँ

उद्योगपति पवन गोल्यानले किसान र सर्वसाधारणलाई आफ्नो बाँझो जमिनमा...

एनवाईइएफ काठमाडौँ च्याप्टरको अध्यक्षमा अनुभव श्रेष्ठ

नेपाली युवा उद्यमी मञ्च (एनवाईइएफ) काठमाडौँ च्याप्टरको अध्यक्षमा अनुभव...

मौद्रिक नीतिमा महासंघको सुझावः व्यवसायीले पनि विदेशबाट ऋण ल्याउन पाउने व्यवस्था गरियोस्

नेपाल उद्योग वाणिज्य महासंघले आगामी आर्थिक वर्षको मौद्रिक नीतिका...
spot_img