Sunday, July 5, 2026
spot_img

अपि पावरको साधारणसभा सम्पन्न: लाभांश वितरण, हकप्रद निष्काशन लगायतका प्रस्ताव पारित

spot_img

अपि पावर लिमिटेडको २२ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। आज कम्पनीकी अध्यक्ष सिर्जना खड्काको अध्यक्षतामा सभा सम्पन्न भएको हो ।

सभाले  आर्थिक वर्ष २०८१/०८२ सम्मको संचित मुनाफाबाट चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनश शेयर र कर प्रयोजनको लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। त्यस्तै सभाले  आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक प्रतिवेदन , लेखापरिक्षकको प्रतिवेदन सहित आर्थिक बर्ष २०८१÷०८२ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरणहरु पारित गरेको छ। सभाले कम्पनी ऐन २०६३ को दफा १११ अनुसार आ.व. २०८२÷०८३ का लागि लेखापरिक्षकको नियुक्ति गरि निजको पारिश्रमिक निर्धारण गरेको छ।

विशेष प्रस्ताव अन्तर्गत सभाले आर्थिक वर्ष २०८१/०८२ सम्मको संचित मुनाफाबाट चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनश शेयर वितरण पश्चात् कायम हुने चुक्ता पूँजी रु. ६३७.९७ करोडको १ शेयर बराबर ०.३० का दरले हुने रु. १९१.३९ करोड बराबरको हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ। प्रस्तावित हकप्रद शेयर निष्काशनबाट प्राप्त हुने रकम दिब्यज्योति हाइड्रोपावर लिमिटेडद्वारा निर्माणाधीन ५० मे.वा. क्षमताको मस्याङ्दी बेसी जलविद्युत आयोजना निर्माणमा स्वपूँजी लगानी गर्ने कम्पनीले जनाएको छ ।

त्यस्तै सभाले बोनश शेयर तथा हकप्रद शेयर जारी गर्दा पूँजी संरचनामा बृद्धि हुने भएको हुँदा सो प्रयोजनका लागि प्रबन्धपत्रको दफा ६ संशोधन गर्ने प्रस्ताव पारित गरेको छ। साथै बोनश शेयर तथा हकप्रद शेयर जारी गर्नको लागि नियामक निकायमा गर्नु पर्ने कार्यको लागि संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाले पारित गरेको छ ।

कम्पनीले लगानी व्यवसाय विस्तार गर्ने हेतुले पूर्ण स्वामित्व रहने गरी स्थापना गरेको अपि होल्डिङ्गस कम्पनी लिमिटेडमा हालसम्म भएको स्वपूँजी लगानी अनुमोदन तथा थप स्वपूँजी लगानी गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि सभाले पारित गरेको छ। सभाले कम्पनीको गाडी, स्क्राप लगायत अन्य सम्पत्तिहरु बिक्रि गर्नुपरेमा कम्पनीको संचालक समितिलाई अख्तियारी प्रदान गरेको छ।

सभामा शेयरधनीले राखेका जिज्ञासाबारे कार्यकारी संचालक संजिव न्यौपानेले जवाफ दिएका थिए ।

 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

आईएमएफको उच्चस्तरीय टोलीद्वारा अर्थतन्त्र र सुधार एजेन्डाबारे नेपाली पक्षसँग छलफल

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को उच्चस्तरीय प्रतिनिधिमण्डलले नेपाल सरकारका उच्च...

बालेन सरकारले सय दिनमा के के गर्‍यो ? (पूर्णपाठ)

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहको नेतृत्वमा सरकार...

नेपाल खाद्य किराना व्यवसायी संघको अध्यक्षमा देवेन्द्र भक्त श्रेष्ठ

नेपाल खाद्य किराना व्यवसायी संघको अध्यक्षमा देवेन्द्र भक्त श्रेष्ठ...

उद्योगपति गोल्यानको आह्वानः बाँझो जग्गामा अम्बा खेती गर्नुहोस्, हामी किनिदिन्छौँ

उद्योगपति पवन गोल्यानले किसान र सर्वसाधारणलाई आफ्नो बाँझो जमिनमा...

एनवाईइएफ काठमाडौँ च्याप्टरको अध्यक्षमा अनुभव श्रेष्ठ

नेपाली युवा उद्यमी मञ्च (एनवाईइएफ) काठमाडौँ च्याप्टरको अध्यक्षमा अनुभव...

मौद्रिक नीतिमा महासंघको सुझावः व्यवसायीले पनि विदेशबाट ऋण ल्याउन पाउने व्यवस्था गरियोस्

नेपाल उद्योग वाणिज्य महासंघले आगामी आर्थिक वर्षको मौद्रिक नीतिका...
spot_img