Sunday, July 5, 2026
spot_img

नाडा र नाडा उपाध्यक्ष राजनबाबु श्रेष्ठ राष्ट्रिय व्यवसायिक प्रशिक्षण प्रतिष्ठानबाट सम्मानित

spot_img

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको राष्ट्रिय व्यवसायिक प्रशिक्षण प्रतिष्ठान तथा राष्ट्रिय व्यवसायिक प्रशिक्षण प्रतिष्ठान विकास समितिले नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपाललाई सम्मान गरेको छ । अटोमोबाइल क्षेत्रको सीप विकास, तालिम पाठ्यक्रम निर्माण तथा मानव संसाधन विकासमा योगदान र्पुयाएकोमा कदर गर्दै नाडालाई सम्मान गरिएको हो ।

यसै क्रममा, अटोमोबाइल क्षेत्रमा आधारित व्यावसायिक तालिम पाठ्यक्रम निर्माण तथा कार्यान्वयन प्रक्रियामा संयोजकको हैसियतले प्रभावकारी, प्रशंसनीय र नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठलाई पनि प्रशंसा–पत्र प्रदान गरिएको छ ।

उक्त सम्मान तथा प्रशंसा–पत्रहरू राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानको वार्षिकोत्सवको अवसरमा प्रदान गरिएको हो ।

नाडाको सहकार्यमा अटोमोबाइल्स क्षेत्रमा श्रम बजारको मागअनुसार तयार गरिएका ट्रेड–आधारित सीपमूलक तालिम पाठ्यक्रमहरूमध्ये विशेषगरी एसेम्बलर अपरेटर तथा विद्युतीय सवारी मर्मत प्राविधिक जस्ता कार्यक्रमहरूले दक्ष जनशक्ति उत्पादनमा महत्वपूर्ण योगदान पुर्याएको छ ।

नाडाले आगामी दिनहरूमा पनि सरकार तथा सम्बन्धित निकायहरूसँग सहकार्य गर्दै अटोमोबाइल क्षेत्रको सीप विकास, रोजगारी सिर्जना र प्राविधिक जनशक्ति उत्पादनमा अझ सशक्त भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

इप्पानमा १६ वटा समिति र उपसमिति गठन, कुनको जिम्मेवारीलाई कसलाई ?

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले विभिन्न समिति तथा...

इप्पानद्वारा ५० बुँदे कार्ययोजना पारित

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ‘इप्पान भिजन...

सिक्टा सिँचाइ आयोजनाको स्थलगत निरीक्षणमा मन्त्री श्रेष्ठ, बजेटको अभाव हुन नदिने प्रतिवद्धता

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रिय गौरवको सिक्टा...

आईएमएफको उच्चस्तरीय टोलीद्वारा अर्थतन्त्र र सुधार एजेन्डाबारे नेपाली पक्षसँग छलफल

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को उच्चस्तरीय प्रतिनिधिमण्डलले नेपाल सरकारका उच्च...

बालेन सरकारले सय दिनमा के के गर्‍यो ? (पूर्णपाठ)

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहको नेतृत्वमा सरकार...

नेपाल खाद्य किराना व्यवसायी संघको अध्यक्षमा देवेन्द्र भक्त श्रेष्ठ

नेपाल खाद्य किराना व्यवसायी संघको अध्यक्षमा देवेन्द्र भक्त श्रेष्ठ...
spot_img