आज मंगलबार सुनचाँदीको भाउ ह्वात्तै बढेको छ । सोमबार प्रतितोला २ लाख ६५ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ३ हजार १ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ६८ हजार १ सय रुपैयाँ कायम भएको छ ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख २९ हजार ८ सय ५० रुपैयाँ तोकिएको छ।
आज चाँदीको भाउ तोलामा १ सय ९५ रुपैयाँले बढेर प्रतितोला ४ हजार ८ सय ८० रुपैयाँ पुगेको छ। आज १० ग्राम चाँदीको भाउ ४ हजार १ सय ८४ रुपैयाँ तोकिएको छ।













