Saturday, June 20, 2026
spot_img

नेशनल लाईफद्वारा बागमती प्रदेशका सिईओ क्लब सदस्यलाई सम्मान

spot_img
spot_img

नेशनल लाईफ इन्स्योरेन्सले कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा बागमती प्रदेशका सिइेओ क्लब सदस्यलाई सम्मान गरेको छ ।

आर्थिक वर्ष २०८१/०८२ मा तोकिएको बीमाशुल्क संकलन गरी बागमती प्रदेशबाट योग्य भएका ५०० जना भन्दा बढि अभिकर्तासहित विभागीय प्रमुखहरु, प्रदेश प्रमुख एवम् बागमती प्रदेश अन्तर्गत रहेका शाखा कार्यालयका शाखा प्रमुखहरुको सहभागितामा कम्पनीले सिईओ क्लब सदस्य बन्न सफल अभिकर्ताहरुलाई सम्मान गरेको हो ।

प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले बागमती प्रदेशबाट सिइओ क्लबका सदस्य हुन सफल अभिकर्ताहरुलाई सिइओे क्बलको सदस्यता वितरण तथा सम्मान गरेका थिए । नेशनल रत्न र नेशनल स्टार विजेता अभिकर्ताहरुलाई पनि नेशनल लाईफ लोगो अंकित चाँदीको मेडल, सर्टिफिकेट र खादाबाट सम्मान गरेका थिए ।

साथै सो प्रदेशबाट आफ्नो कोड र संजालमा प्रथम, द्धित्तिय र तृत्तिय हुन सफल उत्कृष्ट अभिकर्ताहरुलाई विशेष सम्मान तथा पुरस्कृत गरिएको थियो ।

समारोहमा प्रमुख कार्यकारी अधिकृत खत्रीले सिइओ क्लब कार्यक्रममा नेपालभर बाट १६०० जना जना भन्दा बढि अभिकर्ताहरु छनौट हुनुले यो योजना अत्यन्तै सफल भएको र यस्ता प्रकारका योजनाबाट अभिकर्ताहरुलाई सकरात्मक योगदान पुग्ने बताए । उनले सबै तहका अभिकर्ताहरुलाई हुने गरी मासिक तथा वार्षिक योजना ल्याउने क्रमलाई निरन्तरता दिने बताए ।

सीईओ खत्रीले बीमा अभिकर्र्ता पेशा केवल व्यवसायसंग जोडिएको मात्रै नभई सेवा भावसँग जोडिएको एक पवित्र पेशा भएकोले यस पेशामा जोडिने हरेक अभिकर्ताले सफलता हासिल गर्ने मूख्य आधार नै काम प्रतिको इमान्दारिता र निरन्तरता रहेको बताए ।

सो समारोहमा उपस्थित विजेता अभिकर्ताहरुलाई चर्चित अन्तर्राष्ट्रिय प्रशिक्षक विजय कुमार झाले मोटिभेसनल तालिम प्रदान गरेका थिए ।

बागमती प्रदेशबाट उत्कृष्ट हुने अभिकर्ताहरु मध्ये कलंकी शाखाका नारायण सुवेदी र नारायणथान शाखाका रविना के.सी.ले आफ्नो व्यवसायिक अनुभव व्यक्त गरेका थिए । सो समारोहमा सहभागी विजेता अभिकर्ताहरुले चर्चित अन्तर्राष्ट्रिय तालिम प्रशिक्षकबाट तालिम प्राप्त गर्दा यस पेशामा थप उर्जा मिलेको र आफ्नो मेहनतको कदर गर्दै प्रमुख कार्यकारी अधिकृतबाट सम्मान ग्रहण गर्न पाउँदा अत्यन्तै गर्व महशुस भएको बताए ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सिभिल हस्पिटलको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान

सरकारले निजामती कर्मचारी अस्पताल (सिभिल हस्पिटल)को कार्यकारी निर्देशकका लागि...

भूमी व्यवस्था मन्त्रालयद्वारा थप तीन स्थानीय तहमा मालपोत सेवा सुरु

भूमी व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले...

भन्सारले भन्यो, ‘ईभी आयातमा कुनै कैफियत भेटिएन, नियमानुसार नै जाँचपास भएको पाइयो’

बजेटको सूचना चुहाएर गाडी आयात गरिएको भन्दै आयातकर्ता कम्पनीलाई...

प्रधानमन्त्रीद्वारा मकालुको १७ दिने ट्रेक तालिका सार्वजनिक

प्रधानमन्त्री वालेन्द्र शाहले मकालु बेस क्याम्प ट्रेकको यात्रा तालिका...

पाथीभरा केबलकारको विवाद समाधान गर्न कार्यदल गठन

सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

इप्पानको प्रमुख सल्लाहकारमा निवर्तमान अध्यक्ष कार्की मनोनित

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान)को प्रमुख सल्लाहकारमा निवर्तमान...
spot_img