आज बिहिबार पनि सुनचाँदीको भाउ घटेको छ । बुधबार प्रतितोला २ लाख ६१ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा १ हजार ४ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ५९ हजार ६ सय रुपैयाँ कायम भएको छ ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख २२ हजार ५ सय ६५ सय रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ तोलामा ५५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ४ सय १५ रुपैयाँमा आइपुगेको छ । आज १० ग्राम चाँदीको भाउ ३ हजार ७ सय ८५ रुपैयाँ तोकिएको छ ।
किर्तीमानी उचाईमा पुगेको सुनचाँदीको भाउ ३ दिनदेखि लगातार घटिरहेको छ ।













