Tuesday, August 25, 2026
spot_img
spot_img

अर्थमन्त्रीले बराललाई बनाए धितोपत्र बोर्डको अध्यक्ष

spot_img

अर्थ मन्त्री विष्णु प्रसाद पौडेल अर्थ मन्त्रालयका सहसचिव महेश बराललाई नेपाल धितोपत्र बोर्डको अध्यक्ष बनाएका छन् । मन्त्री पौडेलले साउन २ गते बराललाई धितोपत्र बोर्डको संचालक मोनोनित गरेका हुन् । यस अघि नरेन्द्र राना बोर्डको अध्यक्ष थिए ।

अहिले धितोपत्र बोर्डमा नियमित अध्यक्ष नभएकोले अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गर्ने सहसचिवले बोर्डको नेतृत्व गर्ने व्यवस्था छ। सोहि अनुसार बराल धितोपत्र बोर्डको अध्यक्ष बनेका हुन्। धितोपत्र सम्बन्धी ऐन, २०६३ मा नेपाल धितोपत्र बोर्डको अध्यक्ष पद रिक्त भएमा अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गर्ने सदस्यले बोर्डको अध्यक्षको हैसियतमा काम गर्ने व्यवस्था बमोजिम उनी अध्यक्ष तोकिएका हुन् ।

बरालले अर्थ मन्त्री बिष्णु प्रसाद पौडेल समक्ष बोर्डको अध्यक्ष पदको पद तथा गोपनियताको सपथ लिई साउन ३ गते बोर्डमा पदबहाली गरेका छन् । बराललाई बोर्डका उच्च पदस्थ कर्मचारी सहित सम्पूर्ण कर्मचारीहरूले स्वागत गरी उनको सफल तथा सुखद कार्यकालको शुभकामना प्रदान गरेका छन्।

बोर्ड अध्यक्ष बरालले स्वागत कार्यक्रममा सूचीकृत संगठित संस्था तथा बजार सहभागीहरूको संस्थागत सुशासन, बोर्ड तथा बोर्डमा कार्यरत कर्मचारीको क्षमता अभिवृद्धि, बजारको विकास, विस्तार र स्थायित्वमा जोड दिँदै सम्पूर्ण कर्मचारीहरूलाई तोकिए बमोजिमको जिम्मेवारी निर्भिकतापूर्वक सम्पादन गर्न निर्देशन समेत दिएका छन्।

उनी  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको प्रमुख भन्सार प्रशासकको रूपमा समेत कार्यरत छन् ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

धितोपत्र बोर्डले नेप्से, सिडिएस, ब्रोकरदेखि सूचीकृत कम्पनीलाई दियो ३४ वटा निर्देशन

नेपाल धितोपत्र बोर्डले नेप्से, सिडिएस, मर्चेन्ट बैंकर, ब्रोकर, योजना...

सियरा ईभीको प्रि–बुकिङ सुरु, दशैँमा गाडी पाइने

टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले टाटाको...

 आगन्तुक रिसोर्ट लिमिटेडले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

आगन्तुक रिसोर्ट लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले...

 फराइजनको भी७ई ईभी भ्यान नाडा अटो शोमा सार्वजनिक

नाडा अटो शोमा फराइजनको नयाँ विद्युतीय भ्यान सार्वजनिक गरिएको...

४९.९९ लाखमै सार्वजनिक भयो स्काईवेल बीई ११, यस्तो छ नाडा अफर

लक्जरी चिनियाँ विद्युतीय सवारी ब्राण्ड ‘स्काईवेल’लाई एलआरआर मोटर्सले नेपालमा...

सुरु भयो स्वर्णजयन्ती विशेष नाडा अटो शो

स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु...