Saturday, December 27, 2025
spot_img

डीडीएका हाकिमले आफूखुशी औषधिको मूल्य तोकेको पुष्टि

spot_img

औषधि व्यवस्था विभागले आफूखुशी औषधिको मूल्य तोकेको भन्दै अदालतले बदर गरिदिएको छ । विभागका महानिर्देशक नारायणप्रसाद ढकालले आफूखुशी औषधिको मूल्य तोकेको भन्दै परेको रिटमा उच्च अदालतले ढकालको निर्णय प्रक्रियाविपरित भएको ठहर गरेको हो ।

विभागले २०८१ साउन ८ गते Empagliflozin 25/10/5 mg  को मूल्य संशोधन गरेको थियो । विभागका महानिर्देशक ढकालले औषधि उत्पादक संघमा आवद्ध २९ वटा कम्पनीलाई Empagliflozin 5mg को मूल्य १२ रुपैयाँ, Empaglifloz10mg को मूल्य २० रुपैयाँ र Empagliflozin 25mg  को मूल्य ३० रुपैयाँ तोकेर पत्राचार गरेका थिए । उद्योगहरुमा पठाइएको पत्रमा विभागकी फार्मेसी अधिकृत आशा थापाले हस्ताक्षर गरेकी थिइन् ।

तर, त्यसरी मूल्य तोक्दा सरकारको पूर्व स्वीकृति लिनुपर्नेमा नलिएको र तोकिएको मूल्य नेपाल राजपत्रमा समेत प्रकाशित नगरेपछि अदालतमा मुद्दा परेको थियो । औषधि उत्पादक संघले उच्च अदालत पाटनमा दायर गरेको मुद्दामा सुनुवाई गर्दै न्यायाधिशद्वय चन्द्रमणि ज्ञवाली र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले विभागले प्रक्रियाविपरित औषधिको मूल्य तोकेको भन्दै विभागको निर्णय बदर गरिदिएको हो ।

अदालतले औषधि व्यवस्था विभागलाई औषधि ऐन २०३५ ले औषधिको मूल्य निर्धारण गर्ने अधिकार दिएको भएपनि महानिर्देशक ढकालले आफूखुशी र प्रक्रियाविपरित मूल्य निर्धारण गरेको ठहर गरेको हो ।

‘औषधि ऐन २०३५ कोद दफा २६ बमोजिम औषधि व्यवस्था विभागले औषधिको मूल्य निर्धारण गर्न सक्ने व्यवस्था रहेको देखिन्छ । तर, त्यसरी मूल्य निर्धारण गर्दा विभागले औषधि ऐनको दफा २६ बमोजिम नेपाल सरकारको स्वीकृत दिई मूल्य निर्धारण गर्न सक्ने र यसरी मूल्य निर्धारण गरेको निर्णय नेपाल राजपत्रमा समेत सूचना प्रकाशन गर्नुपर्ने भन्ने कानूनी व्यवस्था रहेको पाइन्छ’ अदालतले भनेको छ, ‘मिति २०८१/११/२१ मा यस अदालतको आदेशले माग भई विभागबाट प्राप्त भएको सो निर्णय सम्बन्धि सक्कल फाइलमा नेपाल सरकारको स्वीकृति लिएको भन्ने ब्यहोरा उल्लेख भएको नदेखिएको र सो निर्णय राजपत्रमा प्रकाशित गर्ने भनी उल्लेख भएको पनि नदेखिएको अवस्थामा विपक्षीले मूल्य निर्धारण गर्दा अपनाउनुपर्ने कार्यविधि पूर्ण रुपमा अपनाएको नेखिन आएन । अतः प्रस्तुत रिट निवेदनमा मिसिल संलग्न कागज प्रमाणलाई विश्लेषण गरी हेर्दा यि निवेदकहरुको हकमा विपक्षी स्वयम् औषधि व्यवस्था विभागले जारी गरेको औषधि बिक्री वितरढा दर्ता प्रमाणपत्रको अवधि बाँकी रहेकै अवस्थामा सो विपरित Empagliflozin औषधिको मूल्य संशोधन हुने गरी ऐनले तोकेको आवश्यक प्रक्रिया समेत पूरा नगरी भएको गरेको मिति २०८१/४/८ को निर्णय र सो आधारमा भएको पत्राचार कानून बमोजिम भए गरेको देखिएन । अतः उक्त निर्णय र पत्राचार उत्प्रेषणको आदेशले बदर गरिदिएको छ ।’

उक्त फैसला गत साउनमा प्रमाणिकरण भएको थियो ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

मदिरा उद्योगमा विष्फोट हुँदा एक जनाको मृत्यु

रौतहटस्थित एक मदिरा उद्योगमा बोइलर विष्फोट हुँदा एक जनाको...

एनआईसी एशिया बैंकका ग्राहकलाई आईएमई हस्पिटालिटीमा विशेष छुट

एनआईसी एशिया बैंक र आईएमई हस्पिटालिटी प्रा. लि. बीच...

५ लाख ८३ हजार ९ सयले भरे रिलायन्स स्पिनिङ्गको आईपीओ, २५ अर्ब बढीको आवेदन

रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओमा माग...

नेटवर्थ सुधारेर ठमेल प्लाजा होटेलले फेरि माग्यो आईपीओ निष्काशन अनुमति

ठमेल प्लाजा होटेल एण्ड सुइट्स लिमिटेडले आईपीओ निष्काशन गर्नको...

रिहा भए प्रभु बैंकका सीइओ शेरचन

प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन रिहा भएका...

नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले लिए शपथ

नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा...
spot_img
spot_img