Wednesday, May 6, 2026
spot_img
spot_img

अर्थमन्त्री खनालको उपस्थितिमा चेम्बरद्वारा अर्थतन्त्रबारे छलफल

spot_img
spot_img

नेपाल चेम्बर अफ कमर्सले अर्थमन्त्री रामेश्वर खनालको उपस्थितीमा अर्थतन्त्रबारे वृहत छलफल गरेको छ । जेन्जी आन्दोलन पछिको अर्थतन्त्र, लगानीमैत्री वातावरण, उत्पादन वृद्धि र रोजगारी सिर्जना जस्ता विषयमा चेम्बर पदाधिकारी, निजी क्षेत्रका अन्य विभिन्न संगठनका प्रतिनिधिसहित छलफल भएको थियो ।

कार्यक्रममा चेम्बर अध्यक्ष कमलेश कुुमार अग्रवालले अर्थमन्त्री खनाल समक्ष, वर्तमान आर्थिक अवस्था, लगानीको वातावरण र सुुरक्षा, कर सम्वन्धी व्यवस्था, पूँजिगत खर्च सुधार, घर जग्गा कारोबार र सहकारी लगायतका विषय समावेश गरेर विभिन्न सुुझाव प्रस्तुत गरेका थिए ।

अध्यक्ष अग्रवालले लगानीकर्ताहरुको खस्किएको मनोबल उकास्न एवं लगानीमैत्री वातावरण निर्माणका लागि सुरक्षाको प्रत्याभूति गरिनुुपर्ने बताए । ‘जसरी विदेशी लगानीकर्ताहरु सुुरक्षाको प्रत्याभूूतिका लागि दुुईपक्षीय लगानी प्रवद्र्धन एवं सुरक्षा सम्झौताको माग गर्दछन्, स्वदेशी लगानीकर्ताको मनोबल उकास्न पनि सरकारले अविलम्व लगानी प्रवद्र्धन एवं सुरक्षा नीति ल्याउनुुपर्दछ’ उनले भने ।

भारतमा जीएसटीका दरहरुमा हालै भएको व्यापक कटौतीले नेपालमा पनि भन्सारका दरहरुलाई समायोजन गरी प्रतिस्पर्धी बजार निर्माणको वातावरण सिर्जना गर्नुुपर्ने आवश्यक्ता रहेकोमा अध्यक्ष अग्रवालले जोड दिए । भन्सार दरलाई अधिकतम २५ प्रतिशत कायम गरिनुुपर्ने चेम्बरको माग रहेको छ । उनले भारतमा जीएसटीका दरहरुमा भएको व्यापक कटौतीले नेपालमा मूूल्य अभिवृद्धिको दरलाई २ दर वा वहुुदरमा कायम गर्न अनुुरोध गरे ।

नकारात्मक सूची बाहेक नेपालमा उत्पादन हुने सबै वस्तुुहरुमा अन्तशुुल्क हटाउनुुपर्ने आजको टड्कारो आवश्यक्ता रहेको समेत अध्यक्ष अग्रवालको भनाइ ।

अर्थतन्त्रको ३ खम्बा मध्ये एउटा सहकारी क्षेत्र संकटग्रस्त हुुँदा साना उद्यमी व्यवसायीहरु र सर्वसाधारण आफ्नो बचत रकम झिक्न नपाएर समस्याग्रस्त बनेकाले सम्पत्ति व्यवस्थापन कम्पनीको स्थापना प्रक्रीया अविलम्व अगाडी बढाउनुुपर्नेमा अध्यक्ष अग्रवालले जोड दिए ।

कार्यक्रममा अर्थमन्त्री रामेश्वर खनालले सरकार र निजी क्षेत्रबीच विश्वासको वातावरण सिर्जना गर्नु आफ्नो पहिलो दायित्व भएको बताएका छन् । लगानीमैत्री वातावरण, रोजगारी सिर्जना सरकारको उच्च प्राथमिकतामा रहेको भन्दै अर्थमन्त्री खनालले कर तिर्ने प्रणालीलाई सहजिकरण गर्ने प्रयास भईरहेको उल्लेख गरे । आर्थिक र मौद्रिक नीतिबीचको तालमेल मार्फत अर्थतन्त्रलाई निकासा दिन आफू प्रयासरत रहेको उनको भनाइ छ ।

सोही कार्यक्रममा निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले बाँझो जमिनको सदुुपयोग गरेर कृषिमा आत्मनिर्भर बन्नुुपर्ने बताए । उनले रेमिट्यान्सलाई सदुुपयोग गर्ने नीति ल्याएर अर्थतन्त्र सवल बनाउनुुपर्नेमा जोड दिए ।

चेम्बरका बरिष्ठ उपाध्यक्ष दिपक मल्होत्राले घरजग्गा क्षेत्र चलायमान हुुन नसक्दा अर्थतन्त्रले अपेक्षित गति लिन नसकेको भन्दै बैंक तथा वित्तीय संस्थाले लिने बेस रेटमा कम्तिमा शुन्य दशमलव ५ प्रतिशत मात्रै प्रिमियम हुुनुुपर्ने बताए ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

शुल्क नबुझाई वर्षौँदेखि प्रयोगमा रहेका सरकारी जग्गा र संरचना खाली गर्न सरकारको निर्देशन

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भोगाधिकारमा लिइएका...

महासंघले पाएन ‘महिला उपाध्यक्ष’

नेपाल उद्योग वाणिज्य महासंघले महिला उपाध्यक्ष नपाउने पक्का भएको...

११ जना सहसचिवको सरुवा, को कहाँ पुगे ?

सरकारले ११ जना सहसचिवको सरुवा गरेको छ । सोमबार...

मुद्दा परेपछि आईफोन प्रयोगकर्तालाई २५० मिलियन डलर दिदै एप्पल, क-कसले पाउँछन् ?

प्रविधि कम्पनी एप्पलले आइफोन १५ प्रो, १५ प्रो म्याक्स...

एफएनसीसीआईमा सचिनको सानदार ‘इन्ट्री’, बुबाको पदचाप पछ्याउँदै उत्तराधिकारी बन्ने अवसर

पारिवारिक जिम्मेवारीमा होस् वा पारिवारिक विरासत बोकेको उद्यम व्यवसायमा...

सिटी होटेलले भन्यो ‘सेबोनको स्वीकृतिमै नियमानुसार हकप्रद शेयर बिक्री गरिएको हो’

सिटी होटल लिमिटेडले कानून विपरीत ‘लकइन’ मा रहेको संस्थापक...
spot_img