Thursday, November 13, 2025
spot_img

फेदीखोला हाइड्रोले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल

spot_img

फेदीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणमा प्राथमिक सार्वजनिक निष्काशन मार्फत १७ लाख ६० हजार कित्ता साधारण शेयर निष्काशन गर्ने भएको छ । उक्त साधारण शेयर निष्काशन गर्ने सम्बन्धी कार्यको लागि कम्पनीले एनएमबि क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

सम्झौतामा  फेदीखोला हाइड्रोपावर कम्पनी लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक प्रकाशचन्द्र दुलाल तथा धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दीपेश कुमार वैद्यले हस्ताक्षर गरेका छन्।

अधिकृत तथा जारी पूँजी रु. ८०,००,००,००० रहेको उक्त हाइड्रोपावरले जारी पूँजीको २२ प्रतिशत अर्थात् रु. १७ करोड ६० लाख बराबरको प्रति अंकित मूल्य रु. १००  का दरका १७ लाख ६० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपालीहरु, सामूहिक लगानी कोष योजनाहरु, कम्पनीमा कार्यरत कर्मचारीहरु तथा सर्वसाधारणमा तोकिए अनुरुप जारी गर्ने कम्पनीले जनाएको छ ।

भोजपुर जिल्लाको सापाल्पासिलिछो गाउँपालीका वडा नं. ६ मा बहने फेदी (थुमलुङ्ग) खोलामा निर्माण भैरहेको ४.३ फेदी (थुमलुङ्ग) जलविद्युत आयोजनाको कुल लागत करिब ९४ करोड रहेको छ । हालसम्म करिब ८५ प्रतिशत निर्माण कार्य सम्पन्न भैसकेको यस आयोजनना २०८२ माघ भित्रमा सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

नियामक निकायबाट तोेकिएका सम्पूर्ण प्रक्रिया तथा आवश्यकताहरु पूरा गरी यथा सम्भव छिटो निष्काशनको प्रक्रिया अगाडी बढाईने प्रबन्ध सञ्चालक प्रकाशचन्द्र दुलालले जानकारी दिएका छन्।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

सुदूरपश्चिम रोयल्सको ‘एसोसियट’ पार्टनर बन्यो डाबर नेपाल 

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सको...

एनआईसी एशिया बैंकका ग्राहकलाई होटल क्राउन इम्पेरियलमा छुट

एनआईसी एशिया बैंकका ग्राहकहरुले होटल क्राउन इम्पेरियलमा सेवा लिँदा...

कामना सेवा विकास बैंकले मनायो वार्षिकोत्सव, नयाँ निक्षेप योजना सार्वजनिक

कामना सेवा विकास बैंकले आफ्नो स्थापनाको १९ औं वार्षिकोत्सव...

काठमाडौँमा अन्तर्राष्ट्रिय कर सम्मेलन हुँदै

नेपाल च्याम्बर अफ ट्याक्स कन्सल्टेन्ट्स (NCTC) ले काठमाडौँमा अन्तर्राष्ट्रिय...

फेरि उद्योगी तर्साउँदै कुलमान: ‘उद्योग होइनौ’ भन्दै एसेम्बल कम्पनीसँग मागे ‘ब्याक डेट’को पैसा

कार्तिक १८ गते एउटा ठूलो एसेम्बल प्लान्ट (एसेम्बल कम्पनी/उद्योग)मा...

आईपीओ निष्काशनको अनुमति माग गर्दै जस्मिन पेन्ट्सले धितोपत्र बोर्डमा दियो आवेदन

जस्मिन पेन्ट्स लिमिटेडले आईपीओ निष्काशनको अनुमति माग गर्दै नेपाल...
spot_img
spot_img
spot_img