Tuesday, August 25, 2026
spot_img
spot_img

नयाँ सरकार गठनको दिन शेयरबजार दोहोरो अङ्कको गिरावट, कारोबार रकम बढेर पौने ९ अर्ब

spot_img

नयाँ सरकार गठन भएको दिन शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेपनि कारोबार रकम भने बढेको छ। आज नेप्से सूचक १७.१८ अंकले घटेर २२४०.४१ को बिन्दुमा पुगेर रोकिएको छ ।

आज कारोबारमा आएका ३२२ कम्पनीका २ करोड ५० लाख ७९ हजार ७९ कित्ता शेयर खरिद बिक्रीबाट ८ अर्ब ७३ करोड १४ लाख ३६ हजार ३७ रुपैयाँ १५ पैसाको कारोबार भएको छ । जस मध्ये अप्पर तामाकोशी हाइड्रोपावरको ३७ करोड ८ लाखको कारोबार भएको छ भने निफ्राको २१ करोड ९८ लाखको कारोबार भएको छ । त्यस्तै जानकी फाइनान्सको १९ करोड १५ लाखको कारोबार भएको छ ।

आज सिभिल बैंकको ऋणपत्रको मूल्य १० प्रतिशतले बढेको छ भने मान्डु हाइड्रोको शेयर मूल्य ९.९९ प्रतिशत बढेको छ ।

आज जानकी फाइनान्सको शेयर मूल्य सर्वाधिक १० प्रतिशत घटेको छ भने एनआईसी एसिया बैंकको ऋणपत्रको मूल्य ६.९४ प्रतिशत घटेको छ  ।

आज कारोबारमा आएका समूहगत सूचक मध्ये हाइड्रोपावर, इन्भेष्टमेन्ट, उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड बाहेकका सबै समूहगत सूचक घटेका छन् । जस मध्ये विकास बैंक समुह सर्वाधिक १.८९ प्रतिशत घटेको छ। आज लगानी समुह सर्वाधिक १.७० प्रतिशत बढेको छ ।

आज नै प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन भएको छ । नेकपा एमाले, कांग्रेस र जसपा मिलेर नयाँ सरकार गठन गरेका हुन् । ओलीले २२ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । जसमा एमाले उपाध्यक्ष विष्णु पौडेलले उपप्रधान सहित अर्थ मन्त्रालयको नेतृत्व सम्हाल्ने छन् । पौडेल शेयरबजारले रुचाएको अर्थमन्त्रीको रुपमा चिनिने गरेका छन् । तर यस पटक भने उनले सपथ लिएकै दिन बजारमा दोहोरो अंकले घटेको छ । यद्यपि विष्णु पौडेल अर्थ मन्त्रालयमा आउने चर्चा पहिलेदेखि नै  रहेकोले  त्यसको कारणले पहिले नै बजार बढिसकेको र लगानीकर्ताले प्रफिट बुक गर्न खोज्दा आज बजार घटेको हुन सक्ने जानकारहरु बताउछन् ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

धितोपत्र बोर्डले नेप्से, सिडिएस, ब्रोकरदेखि सूचीकृत कम्पनीलाई दियो ३४ वटा निर्देशन

नेपाल धितोपत्र बोर्डले नेप्से, सिडिएस, मर्चेन्ट बैंकर, ब्रोकर, योजना...

सियरा ईभीको प्रि–बुकिङ सुरु, दशैँमा गाडी पाइने

टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले टाटाको...

 आगन्तुक रिसोर्ट लिमिटेडले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

आगन्तुक रिसोर्ट लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले...

 फराइजनको भी७ई ईभी भ्यान नाडा अटो शोमा सार्वजनिक

नाडा अटो शोमा फराइजनको नयाँ विद्युतीय भ्यान सार्वजनिक गरिएको...

४९.९९ लाखमै सार्वजनिक भयो स्काईवेल बीई ११, यस्तो छ नाडा अफर

लक्जरी चिनियाँ विद्युतीय सवारी ब्राण्ड ‘स्काईवेल’लाई एलआरआर मोटर्सले नेपालमा...

सुरु भयो स्वर्णजयन्ती विशेष नाडा अटो शो

स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु...