Wednesday, May 6, 2026
spot_img
spot_img

निजी क्षेत्रमा कुनै पनि खालको आक्रमण नहुने सुनिश्चितता आवश्यक छः अध्यक्ष ढकाल

spot_img
spot_img

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले निजी क्षेत्रमा कुनै पनि प्रकारको आक्रमण नहुने सुनिश्चितता आवश्यक भएको बताएका छन् । महासंघले काठमाडौंमा आयोजना गरेको दोस्रो संस्करणको राष्ट्रिय आर्थिक बहस कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले निजी क्षेत्र राष्ट्रको समृद्धिको आधार भएकोले यसको संरक्षण आवश्यक भएको बताएका हुन् ।

उनले निजी क्षेत्रले रोजगारी, राजश्व, पुर्वाधार निर्माण र समाजप्रतिको जवाफदेहीतालाई राज्यले आत्मसात गर्दै आम सर्वसाधारणलाई पनि बुझाउने गरि मन्त्रिपरिषदबाट सार्वजनिक महत्वको प्रस्ताव पारित गर्न सरकारसँग आग्रह गपनि गरे । अध्यक्ष ढकालले सो प्रस्तावको अंगमा निजी क्षेत्रमा कुनै पनि प्रकारको आक्रमण नहुने गरि आवश्यक सुरक्षासहित एकिकृत रुपमा सबै निकायबाट द्रुत सेवा सुविधा प्रदान गर्ने गरि निजी क्षेत्र संरक्षण एवं प्रवद्र्धन कार्यक्रम पारित गर्नुपर्ने बताए ।

‘हामीकहाँ नाफा आर्जन गर्नु नै अपराधको रुपमा चित्रित हुँदै आएको छ । तर व्यवसायको उद्देश्य सेवा दिएर नाफा कमाउनु हो । हो यही फरक बुझाइका कारण निजी क्षेत्रमा प्रहार हुने गरेको छ’ उनले भने, ‘के रोजगारी सिर्जना गर्नु, राजश्व बुझाउनु राज्यका लागि पनि महत्वपूर्ण होइन र ?’

हालैका प्रदर्शन र आन्दोलनका क्रममा निजी क्षेत्रमाथि भएको आक्रमण, आगजनी र लुटपाटका घटनाले लगानीकर्ताको मनोबल कमजोर बनाएको बताउँदै अध्यक्ष ढकालले लुटपाट र आगजनीमा संलग्नमाथि कडा कारबाही गर्न र यस्ता घटना दोहोरिन नदिन सुरक्षा संयन्त्रलाई सुदृढ बनाउन आग्रह गरे । उनले जेनजी आन्दोलन पछि भएको आगजनी र तोडफोडमा निजी क्षेत्रको करिब ४८ अर्ब रुपैयाँ बराबरको भौतिक क्षति र कुल ८८ अर्ब रुपैयाँको नोक्सानी भएको महासंघले गरेको प्रारम्भिक अध्ययनबाट देखिएको जानकारीसमेत गराए ।

अन्तर्राष्ट्रिय वित्त निगम र महासंघले गरेको अध्ययनअनुसार नेपालको अर्थतन्त्रमा निजी क्षेत्रको योगदान ८१ प्रतिशत, रोजगारीमा ८६ प्रतिशत र आयकरमा ८० प्रतिशतभन्दा माथि रहेको उल्लेख गर्दै उनले निजी क्षेत्रको योगदानको कदर हुनुपर्ने धारणा राखे ।

व्यवसायीले सुरक्षाको अनुभूति नगरिरहेको बेला गृह मन्त्रालयबाट सबै जिल्ला प्रशासन कार्यालयमा जिल्ला सुरक्षा समितिमा उद्योग वाणिज्य संघलाई सहभागि गराउने परिपत्र तथा डेडिकेटेड फिडर र ट्रकलाइन सम्बन्धि विवाद समाधानका लागि सरकारबाट भएको पहल प्रति अध्यक्ष ढकालले आभार व्यक्त पनि गरेका छन् ।

नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुँदै गरेको अवस्थामा स्तरोन्नतिको म्याद कम्तीमा तीन वर्ष पर सार्न र निर्यात अनुदान सुचारु गर्न उनले आग्रह पनि गरे । “स्तरोन्नतिका विषयमा पनि महासंघले निरन्तर भनिरहेको छ, यो कृतिम रुपमा धनी भएको मात्रै हो । बंगलादेशले सेप्टेम्बर २५ मा स्तरोन्नतिको विषय पुर्नमूल्यांकन गर्न संयुक्त राष्ट्र संघ समक्ष आग्रह गरिसकेको छ” उनले थपे ।

उनले अमेरिकाको भन्सार नीतिका कारण भारतीय र अन्य देशको लगानीकर्ता नेपाल आउन खोजिरहेको अवस्थामा यस्ता लगानीलाई प्रोत्साहन गर्नु पर्ने बताए । महासंघले शुसासनको विषयलाई निरन्तर उठाउँदै आएको उल्लेख गर्दै अध्यक्ष ढकालले शुसासन कायम गर्न निजी क्षेत्र समेतको सहभागितामा शुसासन संयन्त्र निर्माणका लागि प्रधानमन्त्री समक्ष आग्रह गरे । युवा उद्यमशीलताको विषय निक्कै महत्वपूर्ण भएको उल्ल्ेख गर्दै उनले मुलुकको वर्तमान अवस्थामा युवाहरुले उठाइरहेको सुशासन, उद्यमशिलता एवम् रोजगारी जस्ता विषयको सम्बोधन गर्दै स्टार्ट अप नीतिको सशक्त कार्यान्वयनमा जोड दिए ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

शुल्क नबुझाई वर्षौँदेखि प्रयोगमा रहेका सरकारी जग्गा र संरचना खाली गर्न सरकारको निर्देशन

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भोगाधिकारमा लिइएका...

महासंघले पाएन ‘महिला उपाध्यक्ष’

नेपाल उद्योग वाणिज्य महासंघले महिला उपाध्यक्ष नपाउने पक्का भएको...

११ जना सहसचिवको सरुवा, को कहाँ पुगे ?

सरकारले ११ जना सहसचिवको सरुवा गरेको छ । सोमबार...

मुद्दा परेपछि आईफोन प्रयोगकर्तालाई २५० मिलियन डलर दिदै एप्पल, क-कसले पाउँछन् ?

प्रविधि कम्पनी एप्पलले आइफोन १५ प्रो, १५ प्रो म्याक्स...

एफएनसीसीआईमा सचिनको सानदार ‘इन्ट्री’, बुबाको पदचाप पछ्याउँदै उत्तराधिकारी बन्ने अवसर

पारिवारिक जिम्मेवारीमा होस् वा पारिवारिक विरासत बोकेको उद्यम व्यवसायमा...

सिटी होटेलले भन्यो ‘सेबोनको स्वीकृतिमै नियमानुसार हकप्रद शेयर बिक्री गरिएको हो’

सिटी होटल लिमिटेडले कानून विपरीत ‘लकइन’ मा रहेको संस्थापक...
spot_img