आज बुधबार सुनको भाउ घटेको छ । मंगलबार प्रतितोला २ लाख ३८ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा १ हजार १ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ३७ हजार २ सय रुपैयाँमा आइपुगेको हो ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ३ हजार ३ सय ६० रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले घटेर प्रतितोला २ हजार २ सय ९० रुपैयाँमा आइपुगेको छ । आज १० ग्राम चाँदीको भाउ २ हजार ५ सय ६३ रुपैयाँ ५० पैसा तोकिएको छ ।













