Saturday, May 2, 2026
spot_img
spot_img

भोटेकोशी पावर कम्पनीले भन्यो ‘जेनजीलाई १० प्रतिशत शेयर निशुल्क दिन लागिएको होइन’

spot_img
spot_img

भोटेकोशी पावर कम्पनी प्राईभेट लिमिटेडले जेनजीहरुको कम्पनीलाई १० प्रतिशत शेयर निशुल्क दिन लागिएको भन्ने समाचारमा कुनै सत्यता नरहेको जनाएको छ । कम्पनीले आज विज्ञप्ति जारी गर्दै दुवै कम्पनीबीच निःशुल्क सेयर लिने दिने सहमति नभएको स्पष्ट पारेको हो ।

असोज २६ गते कम्पनीले सिन्धुपाल्चोक जिल्लाको भोटेकोशीका स्थानीय बासिन्दाहरुको प्रतिनीधित्व गर्ने भोटेकोशी जेनजी पब्लिक इनभेष्टमेन्ट पब्लिक लिमिटेडसँग शेयर दिने सम्झौता गरेको थियो । कम्पनीका अनुसार जेनजी पब्लिक इनभेष्टमेन्ट पब्लिक लिमिटेडले भोटेकोशी पावर कम्पनीको दश प्रतिशत सेयरको लागि आवेदन दिन अगाडी जलविद्युत उत्पादन क्षेत्रका स्थानिय तहका प्रत्यक्ष प्रभावित स्थानिय जनतालाई उपरोक्त पब्लिक लिमिटेड कम्पनीको सेयरधनी बनाईसकेपछि भोटेकोशी पावर कम्पनीले प्रति सेयर बराबर अंकित मुल्य रु १००।– रहेको सेयर १० प्रतिशत मात्र उल्लेखित पब्लिक लिमिटेड कम्पनी लाई बिक्रि गर्ने र सो पब्लिक लिमिटेड कम्पनीले उल्लेखित सेयर खरिद गर्नको लागि चाहिने ऋण बैंकबाट लिने र सो ऋणको लागि भोटेकोशी पावर कम्पनीले जमानी मात्रको व्यबस्था मिलाउने सहमति भएको कम्पनीले जनाएको छ।

निर्माण सम्पन्न भईसकेको आयोजना भएकोले भोटेकोशी पावर कम्पनीले बार्षिक रुपमा वितरण गर्ने लाभांसबाट दश प्रतिशत सेयर वापत उक्त पब्लिक लिमिटेड कम्पनीले पाउने रकम सोही पब्लिक लिमिटेड कम्पनीले लिएको ऋण तथा ब्याज तिर्नका लागि उपयोग गर्ने गरी सहमति भएको कम्पनीले जनाएको छ। यसलाई निःशुल्क सेयर दिने गरी सहमति भएको भन्ने भ्रममा नपर्न कम्पनीले आग्रह गरेको छ।

हेर्नुस् कम्पनीको विज्ञप्ति 

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

राष्‍ट्रपति पौडेलद्वारा सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश जारी

राष्‍ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण (तेस्रो...

सिन्धुली र रामेछाप जोड्ने मोड्युलर पुल उद्घाटन

सुनकोशी नदीमा निर्मित सिन्धुली र रामेछाप जोड्ने मोड्युलर पुल...

 नेशनल लाईफले अभिकर्तालाई गरायो नारायणी क्रुज सफारी

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आन्तरिक पर्यटन प्रबद्धन...

सूचना प्रविधि क्षेत्रमा सरोकारवालाले खोजे नीतिगत स्पष्टता, बजेट वृद्धि गरि सहकार्यको आग्रह

सूचना तथा सञ्चार प्रविधि क्षेत्रका सरोकारवालाहरूले नीतिगत सुधार, पर्याप्त...

यो वर्ष मनसुन कमजोर रहने पूर्वानुमान, खाद्य उत्पादन घट्ने र महँगी बढ्ने जोखिम

यो वर्ष दक्षिण-पश्चिम मनसुन कमजोर रहने उच्च सम्भावना रहेको...
spot_img