तेह्रथुम पावर कम्पनीले साधारणसभा आह्वान गरेको छ। कम्पनीले कार्तिक १७ गते सोमबार काठमाडौँको बत्तीसपुतली स्थित अनुपम फुडल्याण्डमा सभा आह्वान गरेको हो।
कम्पनीले साधारणसभा प्रयोजनको लागि कार्तिक १२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। कार्तिक ११ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको सभामा भाग लिन सक्ने छन् । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।
यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु:
१) आ.व. २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने सम्बन्धमा ।
२) लेखा परिक्षण प्रतिवेदन सहितको आषाढ ३२, २०८२ को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायत वित्तिय विवरणहरु छलफल गरि स्वीकृत गर्ने सम्बन्धमा ।
३) कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आ.व. २०८२/८३ का लागि बाह्य लेखापरीक्षकको नियुक्ती गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा ।
४) उपरोक्त प्रस्तावहरु स्वीकृती एवम् अभिलेखको लागि पेश गर्दा नियमनकारी निकाय वा कार्यालयबाट कुनै पनि बिषयमा संशोधन, परिवर्तन तथा कुनै पनि किसिमको निर्देशन वा कैफियत प्राप्त भएमा सो समेत मिलाई संशोधन वा परिवर्तन गर्ने लगायतका आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने बारे ।
५) विविध









