Thursday, June 25, 2026
spot_img

भिभोको ‘वाटरप्रुफ स्मार्टफोन’ वाई२१डि सार्वजनिक, कति छ मूल्य ?

spot_img
spot_img

स्मार्टफोन ब्राण्ड भिभोले वाई सिरिज अन्तर्गतको नयाँ स्मार्टफोन भिभो वाई२१डि नेपाली बजारमा सार्वजनिक गरेको छ । यस स्मार्टफोनले उत्कृष्ट प्रदर्शन, मजबुत सुरक्षा र उपयोगी सुविधाहरूलाई सुलभ मूल्यमा उपलब्ध गराउने दाबी गरिएको छ ।

भिभो वाई२१डि नेपालकै सबैभन्दा किफायती आई पी ६८/६९ डस्ट एण्ड वाटर–रेजिस्टेन्ट स्मार्टफोन भएको र यसमा अलराउन्ड वाटरप्रुफ प्रोटेक्सन फिचर रहेको जनाइएको छ । जसले अन्डरवाटर फोटोग्राफी मोड मार्फत पानीमुनिका सुन्दर दृश्यहरू सजिलै कैद गर्न सहयोग गर्ने बताइएको छ ।

साथै, वनट्याप वाटर इजेक्सन र वनट्याप डस्ट एण्ड वाटर रिमोवल जस्ता स्मार्ट फिचरहरूले फोनभित्र प्रवेश गर्ने धुलो वा पानीलाई सहजै बाहिर निकाल्न मद्दत गर्ने भनिएको छ ।

फोनको मजबुतीलाई एसजिएस ५ स्टार ड्रप रेसिस्टेन्स र मिलिट्री ग्रेड सर्टिफिकेशनले प्रमाणित गरेको छ । थप सुरक्षाका लागि यसमा एयर–स्प्रिङ्ग फोन केस समेत उपलब्ध छ ।

भिभो वाई२१डिमा ६५०० एमएएच ब्याट्री र ४४ वाट फ्ल्यास चार्ज टेक्नोलोजी समावेश छ, जसले २१.६ घण्टासम्म निरन्तर युट्युब स्ट्रिमिङको सुविधा दिन्छ र २०% बाट १००% चार्ज हुन करिब ७५ मिनेट मात्र लाग्छ । दीर्घकालीन प्रयोगलाई ध्यानमा राख्दै, यस ब्याट्रीले ५ वर्षपछि पनि ८०% भन्दा बढी क्षमतामा काम गर्ने ग्यारेन्टी प्रदान गर्ने दाबी गरिएको छ ।

प्रदर्शनका लागि, फोनमा ६ जि बी वा ८ जि बी र्‍याम र १२८ जि बी स्टोरेज रहेको छ । साथै, भिभोको ५०–महिना स्मूथ एक्स्पिरियन्स प्रोमिसले लामो समयसम्म भरपर्दो प्रयोग सुनिश्चित गर्ने बताइएको छ । सर्कल टु सर्च विथ गुगल, पासकी, एआई स्क्रिन ट्रान्सलेशन, फेस अनलक (मास्क वा हेल्मेटसहित) र ग्लभ मोड जस्ता स्मार्ट फिचरहरूले पनि रहेको बताइएको छ ।

डिजाइनको हिसाबले, यो स्मार्टफोन दुई आकर्षक रङ कोरल रेड र जेड ग्रीनमा उपलब्ध हुनेछ । फ्ल्यागशीप क्वाड–कर्भड ब्याक कभर, प्रिमियम फ्रेम डिजाइन र डाइनामिक लाइट इफेक्टले यसलाई स्टाइलिश र आधुनिक बनाउँछ ।

क्यामेरा पक्षमा, ५० एमपी एचडी मुख्य क्यामेरासहितका एआई फोटो इन्ह्यान्स, मल्टी–स्टाइल पोट्र्रेट, स्टाइलिस नाइट फिल्टर्स जस्ता फिचरहरूले प्रयोगकर्तालाई सृजनात्मक फोटो अनुभव प्रदान गर्छ ।

भिभो वाई२१डि असोज १९ देखि नेपालभरका अधिकृत रिटेल पार्टनरहरू र दराज अनलाइन मार्फत उपलब्ध छ भने यसको मूल्य भने ६ जि बी + १२८ जि बी. को २१ हजार ४९९ र ८ जि. बी. + १२८ जि. बी. को २३ हजार ४९९ निर्धारण गरिएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सर्वोत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड हुने

सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ असार...

अनुसन्धानको लागि मौखिक अनुरोध मै खाता रोक्का हुने, बैंकले २४/७ कर्मचारी राख्नु पर्ने

वित्तीय अपराध न्यूनीकरणको लागि नेपाल राष्ट्र बैंकले कडा कदम...

थोक र खुद्रा लघुवित्तको मर्जरमा नयाँ व्यवस्था

नेपाल राष्ट्र बैंकले लघुवित्तको मर्जरको नयाँ व्यवस्था गरेको छ...

ब्याज पुँजीकरणमा नयाँ व्यवस्था लागु, जेन्जी आन्दोलनबाट प्रभावित व्यवसायीलाई राहत

नेपाल राष्ट्र बैंकले ब्याज पुँजीकरणमा नयाँ व्यवस्था गरेको छ। ...

२० प्रतिशत कर्जा प्रवाह बढ्ने गरी मौद्रिक नीति ल्याउन चेम्बरको सुझाव

नेपाल चेम्बर अफ कमर्सले आगामी मौद्रिक नीतिलाई लगानी, उत्पादन...

उत्पादनमा जोडिएका सहकारीलाई प्रोत्साहन गर्न छुट्टै ऐन बनाइने

सरकारले उत्पादन, प्रशोधन र बजारीकरणमा सहकारीको भूमिका वृृद्धि गर्नका...
spot_img