Friday, July 10, 2026
spot_img

नलिञ्चोक हेलिपोर्टबाट उडान नगर्ने पाइलटहरुको निर्णय

spot_img

नेपाल नागरिक उड्डयन प्राधिकरणले नलिञ्चोकमा बनाएको हेलिपोर्टमा सुरक्षा जोखिम रहेको भन्दै पाइलटहरुले यहाँ उडान तथा अवतरण नगर्ने निर्णय गरेका छन् । पाइलहरुले नलिञ्चोकबाट उडान तथा अवतरण गर्दा उड्डयन सुरक्षामा जोखिम भएको निष्कर्ष निकाल्दै विहीबारदेखि यहाँ हेलिकप्टर उडान अवतरण नगर्ने निर्णय गरेका हुन् ।

नलिञ्चोक हेलिपोर्टबाट हुने उडान तथा अवतरण जोखिमपूर्ण भएको र न्यूनतम पूर्वाधारसमेत तयार नभइसकेको भन्दै पाइलटहरुले बुधबार बैठक बसेर यहाँबाट उडान नगर्ने निर्णय गरेका हुन् ।

प्राधिकरणले आवश्यक सुरक्षा संयन्त्रसहितका पूर्वाधारको तयारी नगरि सो हेलिपोर्टबाट उडानमा दबाब दिएको भएपनि आफूहरुले सुरक्षामा सम्झौता गर्न नसक्ने पाइलटहरुले बताएका छन् ।

पाइलटहरुका अनुसार यहाँबाट उडान अवतरण गर्दा सुरक्षा जोखिम रहेको भन्दै प्राधिकरणलाई असार १६ गते नै ४७ जना पाइलटहरुको तर्फबाट लिखित जानकारी गराइएको थियो । तर, प्राधिकरणले आफूहरुले दिएको सुझावको कुनै वास्ता नगरेपछि बाध्य भएर उडान नगर्ने निर्णय गर्नु परेको एक जना पाइलटले जानकारी दिए ।

यो हेलिपोर्ट आसपासमा उडान गर्न उच्च भूभाग तथा घना बस्तीले अवरोध गरिरहेको, हेलिपोर्टमा कन्ट्रोल टावर नबनेको, फाइनल एप्रोच टेकअफ प्वाइन्ट साँधुरो भएको, पार्किङ क्षेत्र पनि साँघुरो रहेको, इन्धन भर्ने सुविधा नभएको लगायतका कारण हेलिकप्टर उडान नसकिने क्याप्टेनहरुले बताउँदै आएका छन् ।

तर, प्राधिकरणले भने काठमाडौँ विमानस्थलमा उडान गरिरहेका हेलिकप्टरका पाइलटहरुलाई असजिलो महशुस भएको हुन सक्ने भएपनि सुरक्षामा कुनै चुनौति नरहेको दाबी गर्दै आएको छ ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

मर्जरपछि यस्तो बन्यो पोखरा फाइनान्सको संचालक समिति, अध्यक्षमा मिश्र

समृद्धि फाइनान्ससँगको मर्जरपछि एकिकृत कारोबार सुरु भएसंगै पोखरा फाइनान्समा...

डिम्याट खातामा आयो एभरेष्ट कलरको शेयर, सूचीकरणको लागि आज नेप्सेमा निवेदन दिँदै

एभरेष्ट कलर लिमिटेडले निष्काशन गरेको शेयर लगानीकर्ताको डिम्याट खातामा...

बढ्यो सुनचाँदीको भाउ

आज शुक्रबार सुनको भाउ बढेको छ । बिहिबार प्रतितोला...

भाटभटेनीको विराटनगर स्टोर शनिबारबाट सञ्चालनमा आउने

भाटभटेनी सुपर मार्केटको विराटनगर स्टोर असार २७ गतेबाट सञ्चालनमा...

बजेट भूक्तानी बन्द, अन्तिम दिन मात्रै ३३ अर्ब १६ करोड भूक्तानी

आर्थिक वर्ष २०८२/०८३ को बजेट भूक्तानी अब बन्द भएको...

पोखरा र समृद्धि फाइनान्सको एकिकृत कारोबार आजदेखि

पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स कम्पनी लिमिटेड एक...
spot_img