ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नेपाल विद्युत प्राधिकरण मातहतको विद्युत् भार प्रेषण केन्द्रको अनुगमन गरेका छन् । बाढी तथा पहिरोले जलविद्युत आयोजनामा क्षति पुगेपछि विद्युतको आपुर्तिबारे उनले विद्युत् भार प्रेषण केन्द्रको अनुगमन गरेका हुन् ।
स्यूचाटारस्थित केन्द्रको सोमबार साँझ अनुगमन गरी मन्त्री घिसिङले देशभरको विद्युत उत्पादन, प्रसारण र वितरण प्रणालीको अवस्था, ग्रिड सञ्चालन, विद्युत् माग तथा आपूर्ति व्यवस्थापन, विद्युत् निर्यात जस्ता विषयको जानकारी लिएका थिए ।
प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवाल र केन्द्रका निर्देशक चन्दन कुमार घोषले विद्युत् उत्पादन, माग, आपूर्ति, निर्यात, प्रणाली सञ्चालनको अवस्था लगायतका विषयमा मन्त्री घिसिङलाई जानकारी गराएका थिए ।









