बुटवल पावर कम्पनी लिमिटेडले हिमाल पावर लिमिटेडको बहुमत शेयर खरिद गर्ने निर्णय गरेको छ। कम्पनीको असोज ९ गते बसेको संचालक समितिको बैठकले हिमाल पावरको बहुमत शेयर खरिद गर्ने निर्णय गरेको हो ।
हिमाल पावरको कुल १ करोड ७६ लाख ४१ हजार ४ सय ३९ कित्ता शेयर मध्ये बुटवल पावरले Statkraft Holding Singapore Pte. Ltd., Singapore को नाममा रहेको १ करोड ६८ हजार १ सय ७६ कित्ता शेयर र Eviny AS, Norway को नाममा रहेको ४५ लाख ९४ हजार ६ सय ११ कित्ता शेयर खरिद गर्ने निर्णय गरेको हो । उल्लेखित शेयर खरिद बिक्रीको नियमकीय स्वीकृति प्राप्त गरी शेयर दाखिला खारेजको प्रक्रिया सम्पन्न गरिने कम्पनीले जनाएको छ ।
हिमाल पावर लि. ले हाल ६० मे.वा.को खिम्ती प्रथम जलविद्युत आयोजना संचालन गरिरहेको छ ।









