Wednesday, July 8, 2026
spot_img

नेपाली उपभोक्ताको रोजाई बन्दै ‘फर्थिङ फ्राइडे ईभी’

spot_img

प्रख्यात ईभी ब्राण्ड ‘फर्थिङ फ्राइडे’ले नेपाली बजारमा मजबत उपस्थित जनाउँदै लगेको छ । चीनको डोङफेङ ब्राण्ड अन्तर्गतको ‘फर्थिङ फ्राइडे ईभी’ ले नेपाली उपभोक्ताको रोजाईमा पर्दै गएको छ ।

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा लक्ष्मी ग्रुपको लक्ष्मी ई-मोबिलिटीले नेपालमा ल्याएर सार्वजनिक गरेको यस ईभीप्रति अहिले उपभोक्ताको आकर्षण बढेको कम्पनीले जनाएको छ । नाइमा एक्स्पोमै अधिकांश अवलोनकर्ताको नजर खिचेको यस ईभी नेपाली बाटो सुहाउँदो र पर्यावरणीय अनुकुलताका कारण रोजाई समेत बन्न थालेको हो ।

लक्जरी र एक्सक्लुसिभ गरी दुइ भेरियन्टमा उपलब्ध फर्थिङ फ्राइडे ईभी अहिले नेपाली अटोमोबाइल्स प्रेमीहरुका लागि राम्रो र अनुकुल विकल्पका रुपमा देखिएको छ । बुकिङ र ग्राहकहरुको ‘इन्क्वायरी’ले समेत फ्राइडे ईभीप्रति आकर्षण बढिरहेको देखाएको छ ।

मोटर पावर ब्याट्री क्यापासिटीले पनि ग्राहकलाई यस ईभीप्रति आकर्षित गरेको पाइन्छ । ६४.४ किलोवाट आवरको ब्याट्री क्षमता र ९९ किलोवाट मोटर पावर भएको यस ईभीले एक पटकको फुल चार्जमा ४ सय किलोमिटर भन्दा बढी रेन्ज दिनेछ ।

प्रिमीयम ईभी सेग्मेन्टमा अहिले यसलाई महत्वपूर्ण विकल्पका रुपमा ग्राहकहरुले नै हेर्न थालेका छन् । नेपालमा विद्युतीय सवारी साधनप्रति आकर्षण बढिरहेका बेला र क्रमशः प्रिमीयम सेग्मेन्टतर्फ उपभोक्ता गइरहेका बेलामा भित्रिएको फर्थिङ फ्राइडे उपर्युक्त समयमा नेपाल भित्रिएको हो ।

ठूला एसयूभी वा क्रसओभर स्टाइलको डिजाइनमा भव्य सुविधा भएको हुनाले पनि यसतर्फ मानिस आकिर्षत भइरहेका छन् । रेन्ज बढी दिने र ब्याट्री क्षमता पनि राम्रो भएकाले यो ईभी लामो दूरीको यात्रा गर्न पनि उपर्युक्त छ । साथै, नेपालको जस्तोसुकै बाटोमा पनि जान सक्ने, ठूलो बुट स्पेश, लक्जरी सिट र सुविधायुक्त इन्टेरियर भएको हुनाले फ्राइडे ईभी नेपाल आएको छोटो समयमै धेरैको रोजाई बन्न पुगेको छ ।

त्यसमाथि अहिले मानिसहरु राम्रो सुविधा र प्रिमीयम अनुभव लिन चाहने भएकाले उक्त चाहना पूरा गराउने फिचरहरु यसमा भएकाले पनि ग्राहकहरु आकर्षित भइरहेका छन् । नेपाली बजारमा फ्राइडे ईभीका लक्जरी भेरियन्टको मूल्य ५०.९६ लाख र एक्सक्लुसिभ भेरियन्टको मूल्य ५६.९६ लाख रुपैयाँ तोकिएको छ ।

साथै, फ्राइडे ईभीले ‘IAA mobility 2025’ मा पनि सहभागीता जनाएको छ । अर्वन मोबिलिटीको भविष्य देखाउने यस शोमा फ्राइडे ईभीले जर्मनीको म्युनिख शहरमा निकै चर्चा पाएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

‘पुँजीबजार विकास मार्गचित्र’ ल्याउँदै धितोपत्र बोर्ड, धमाधम सुझाव सङ्कलन गर्दै अध्यक्ष भट्ट

नेपाल धितोपत्र बोर्डले यथाशीघ्र पुँजीबजार विकास मार्ग चित्र (Capital...

‘इलेक्ट्रिक कम्प्याक्ट भेहिकल अफ द इयर अवार्ड’ प्राप्त प्रोटोन ई.एमएएस—५ अब नेपालमा

नेपालको विद्युतीय सवारी बजारमा नयाँ विकल्पका रूपमा विश्वस्तरीय पुरस्कार...

सार्वजनिक सवारीका रुपमा प्रयोग हुने ईभीमा लोन टू भ्यालू रेसियो सहजीकरण गर्ने राष्ट्र बैंकको घोषणा

नेपाल राष्ट्र बैंकले सार्वजनिक सवारीका रुपमा विद्युतीय सवारी साधनको...

मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ)

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति...

आगामी आर्थिक वर्ष निजी क्षेत्रतर्फ ११ प्रतिशतले कर्जा विस्तार हुने प्रक्षेपण

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षमा ११ प्रतिशत कर्जा...

सिटिजन्स बैंकद्वारा दृष्टिविहीन बालबालिकाका लागि ब्रेल शैक्षिक सामग्री सहयोग

सिटिजन्स बैंकले बर्दिया जिल्लाको बाँसगढी नगरपालिका ५ मा अवस्थित...
spot_img