Wednesday, July 8, 2026
spot_img

बजाजको ग्राण्ड एक्सचेन्ज कार्निभलः नागरिकताकै भरमा फाइनान्सिङ, अधिकतम् भ्यालुएशन

spot_img

नेपालमा सबैभन्दा बढी मन पराइने मोटरसाइकल ब्रान्ड बजाजले काठमाडौंमा ‘ग्राण्ड एक्सचेन्ज कार्निभल’ सुरु गरेको छ । असोज ३ गतेदेखि सुरु भएको कार्निभल ८ गतेसम्म भृकुटीमण्डपमा आयोजना हुनेछ ।

‘ग्राण्ड एक्सचेन्ज कार्निभल’ मा पुराना मोटरसाइकल वा स्कुटर सजिलै एक्सचेन्ज गरी नयाँ बजाज मोटरसाइकल लान सकिनेछ । ग्राहकलाई लक्षित गरी ल्याइएको यस योजनामा २२ भन्दा बढी Valuators बाट आफ्नो पुरानो सवारीसाधनको उच्चतम् मूल्याङ्कन प्राप्त गर्न सकिनेछ । साथै, १० हजार सम्मको Additional Valuation, आकर्षक नगद छुट, फ्री एक्सेसरीज र अन–द–स्पट फाइनान्स सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ । त्यसैगरी सहभागीले प्रत्येक दिन हुने लक्की ड्रमार्फत ५० हजारसम्म जित्ने अवसर पाउनेछन् ।

साथै, ‘चेतक एक्सपिरियन्स जोन’ मार्फत बजाजको नयाँ इलेक्ट्रिक स्कुटर चेतकको अनुभव लिन पनि सकिनेछ । यस योजनाअनुसार जुनसुकै कम्पनीका पुराना बाइक वा स्कुटर ल्याई तत्कालै नयाँ बजाज बाइक खरिद गर्न सकिनेछ ।

त्यस्तै नागरिकताको आधारमै फाइनान्स गर्न सकिने भएकाले, पहिले झैँ घरजग्गाको लालपुर्जा, बिजुली वा पानीको बिल, आयस्रोतको प्रमाणपत्रजस्ता कागजात आवश्यक पर्ने छैन । शून्य सर्भिस चार्ज र सरल किस्ताबन्दीमा बाइक लिन चाहने ग्राहकले पनि अन–द–स्पट फाइनान्स गरेर सजिलै मोटरसाइकल प्राप्त गर्न सक्नेछन् ।

बजाजले यसअघि नै दसैँ–तिहारलाई लक्षित गर्दै ‘बजाज प्रिमियर लिग (बिपिएल)’ पनि सार्वजनिक गरेको छ, जसअन्तर्गत ग्राहकले जति धेरै रन, त्यति धेरै पुरस्कार, सातै प्रदेशबाट हरेक हप्तामा रु. ५०,००० नगद उपहार, Player of the Week बन्ने ग्राहकलाई रु. १ लाख नगद, चर्चित क्रिकेटरसँग भेट्ने विशेष अवसर पाउनेछन् ।

हंसराज हुलासचन्द एण्ड कम्पनीले चाडबाड्को अवसरमा ग्राहकलाई अझ सुलभ, सहज र पारदर्शी सेवा प्रदान गर्ने उद्देश्यले यस्ता एक्सचेन्ज कार्यक्रम निरन्तर आयोजना गर्दै आएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

‘पुँजीबजार विकास मार्गचित्र’ ल्याउँदै धितोपत्र बोर्ड, धमाधम सुझाव सङ्कलन गर्दै अध्यक्ष भट्ट

नेपाल धितोपत्र बोर्डले यथाशीघ्र पुँजीबजार विकास मार्ग चित्र (Capital...

‘इलेक्ट्रिक कम्प्याक्ट भेहिकल अफ द इयर अवार्ड’ प्राप्त प्रोटोन ई.एमएएस—५ अब नेपालमा

नेपालको विद्युतीय सवारी बजारमा नयाँ विकल्पका रूपमा विश्वस्तरीय पुरस्कार...

सार्वजनिक सवारीका रुपमा प्रयोग हुने ईभीमा लोन टू भ्यालू रेसियो सहजीकरण गर्ने राष्ट्र बैंकको घोषणा

नेपाल राष्ट्र बैंकले सार्वजनिक सवारीका रुपमा विद्युतीय सवारी साधनको...

मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ)

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति...

आगामी आर्थिक वर्ष निजी क्षेत्रतर्फ ११ प्रतिशतले कर्जा विस्तार हुने प्रक्षेपण

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षमा ११ प्रतिशत कर्जा...

सिटिजन्स बैंकद्वारा दृष्टिविहीन बालबालिकाका लागि ब्रेल शैक्षिक सामग्री सहयोग

सिटिजन्स बैंकले बर्दिया जिल्लाको बाँसगढी नगरपालिका ५ मा अवस्थित...
spot_img