नारायणी डेभलपमेन्ट बैंकले आज असोज २ गतेदेखि हकप्रद बिक्री खुला गरेको छ । कम्पनीले १:१ को अनुपातमा हाल कायम चुक्ता पुंजीको १०० प्रतिशतले हुन आउने २६ करोड २४ लाख ६७ हजार ७ सय रुपैयाँको २६ लाख २४ हजार ६ सय ७७ कित्ता हकप्रद शेयर निष्काशन गरेको हो ।
यस हकप्रदमा असोज २२ गतेसम्म आवेदन दिन सकिने छ । शेयर निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ।
कम्पनीले हकप्रद निष्काशनको लागि भदौ ९ गते बुक क्लोज मिति तय गरेकोले भदौ ८ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको हकप्रदमा आवेदन दिन सक्ने छन्। नेपाल धितोपत्र बोर्डले साउन १५ गते कम्पनीलाई हकप्रद निष्काशनको अनुमति दिएको थियो।













