स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले आयोजना गर्न लागेको ‘पावर समिट, २०२५’ स्थगित भएको छ । इप्पानका अध्यक्ष गणेश कार्की र उपाध्यक्ष एवम् पावर समिट कमिटि संयोजक आनन्द चौधरीले एक सूचना जारी गर्दै नवौँ संस्करणको पावर समिट स्थगित भएको जानकारी दिएका छन् ।
‘आगामी असोज २९ र ३० गते आयोजना गर्न लागेको नवौ पावर समिट, २०२५ नेपालमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमको कारणले स्थगित गरेका छौँ’ इप्पानले भनेको छ, ‘नयाँ मिति घोषणापछि थप सम्पर्क र समन्वय गर्ने पनि जानकारी गराउन चाहान्छौ ।’









