Wednesday, July 8, 2026
spot_img

ईभीलाई प्रोत्साहन गर्ने कुलमानको घोषणाले व्यवसायीदेखि उपभोक्तासम्ममा खुशीयाली

spot_img

नवनियुक्त भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले मुलुकलाई अब विद्युतीय सवारी साधन (ईभी)को युगमा पु¥याउने घोषणा गरे । सोमबार पदभार ग्रहण गर्दै ऊर्जा मन्त्रीसमेत रहेका घिसिङले मुलुकलाई अब ईभीको युगमा लैजाने उद्घोष गरेका हुन् ।

उनले ईभी प्रवद्र्धन गर्ने क्रममा देखिने चुनौती समाधान गर्ने उपाय पहिल्याउन ५ सदस्यीय अध्ययन कार्यदल बनाउने निर्णय पनि गरिसकेका छन् । मन्त्रालयका पूर्वाधार निर्माण तथा यातायात महाशाखा प्रमुखको संयोजकत्वमा यातायात व्यवस्था विभागका महानिर्देशक, मन्त्रालयका कानुन उपसचिव, आन्तरिक व्यवस्थापन शाखाका उपसचिव र मेकानिक तर्फका सिनियर डिभिजनल इन्जिनियर सदस्य रहेको समिति बनाएका हुन् ।

कार्यदललाई ईभीको अहिलेको स्थिति, हालका कानुनी प्रावधान र सुधार गर्नुपर्ने विषयबारे अध्ययन गरे प्रतिवेदन पेश गर्ने कार्यादेश छ । यहीँ कार्यदलले ईभीको गुणस्तर र मापदण्ड समेत सिफारिस गर्ने छ ।

‘हामीसँग पर्याप्त विद्युत छ । त्यसमा केही प्राविधिक र म्यानेजरियल समस्या होलान् । तर, ति समस्या समाधान गर्दै पेट्रोल, डिजेल र ग्यासको इम्पोर्ट घटाउँदै लैजानुपर्छ’ कुलमानले भने, ‘अब इन्धन सवारीलाई पनि क्रमशः विद्युतीयमा रूपान्तरण गर्दै आयात खर्च घटाउने र वातावरणमैत्री भविष्य बनाउने समय आएको छ यसले विद्युतको खपत बढ्छ । क्लाइमेट चेन्जमा पनि ठूलो इम्प्याक्ट ल्याउँछ ।’

कुलमान घिसिङको यस्तो उद्घोषले ईभी व्यवसायी मात्रै नभई प्रयोगकर्ता पनि हौसिएका छन् । लामो समयदेखि ईभी चढिरहेका र ईभीलाई प्रोत्साहन गरिरहेका किशु झाले नवनियुक्त भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले देशलाई विद्युतीय सवारी साधनको युगमा लैजाने घोषणा गर्नुले ईभी कम्युनिटीलाई अझ बलियो बनाउने विश्वास व्यक्त गरेका छन् ।

‘यो कदमले हाम्रो भ्ख् कम्युनिटीलाई अझ बलियो बनाउनेमा हामी सबै आशावादी छौं’ उनले भनेका छन् ।

आन्दोलनका क्रममा आगजनी, तोडफोड र शोरुम जलेपछि निराश बनेका व्यवसायीहरु पनि मन्त्री घिसिङको घोषणाले केही आशावादी देखिएका छन् । कार्यदलले चाँडै अध्ययन गरेर प्रतिवेदन बुझाउने र त्यस पश्चात उक्त प्रतिवेदनका आधारमा मन्त्रालयले आवश्यक निर्णय लिने अपेक्षामा व्यवसायीहरु देखिएका छन् ।

‘हिजो विद्युत प्राधिकरणमा बस्दा पनि प्राधिकरणका लागि विद्युतीय गाडी नै खरिद गर्ने कामको सुरुवात उहाँले नै गर्नुभएको हो, प्राधिकरणको हाताभित्र र देशब्यापी रुपमै चार्जिङ स्टेशन निर्माणमा समेत उहाँले नै योजना बनाउनु भएको थियो’ एक जना व्यवसायी भन्छन्, ‘अब मन्त्री नै भएर आएपछि पक्कै पनि केही नयाँ र राम्रो कामको सुरुवात होला भन्ने लागेको छ । उहाँले पहिलो निर्णयबाटै त्यसको संकेत गरिसक्नु भएको छ । हामी आशावादी पनि छौँ ।’

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

‘पुँजीबजार विकास मार्गचित्र’ ल्याउँदै धितोपत्र बोर्ड, धमाधम सुझाव सङ्कलन गर्दै अध्यक्ष भट्ट

नेपाल धितोपत्र बोर्डले यथाशीघ्र पुँजीबजार विकास मार्ग चित्र (Capital...

‘इलेक्ट्रिक कम्प्याक्ट भेहिकल अफ द इयर अवार्ड’ प्राप्त प्रोटोन ई.एमएएस—५ अब नेपालमा

नेपालको विद्युतीय सवारी बजारमा नयाँ विकल्पका रूपमा विश्वस्तरीय पुरस्कार...

सार्वजनिक सवारीका रुपमा प्रयोग हुने ईभीमा लोन टू भ्यालू रेसियो सहजीकरण गर्ने राष्ट्र बैंकको घोषणा

नेपाल राष्ट्र बैंकले सार्वजनिक सवारीका रुपमा विद्युतीय सवारी साधनको...

मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ)

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति...

आगामी आर्थिक वर्ष निजी क्षेत्रतर्फ ११ प्रतिशतले कर्जा विस्तार हुने प्रक्षेपण

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षमा ११ प्रतिशत कर्जा...

सिटिजन्स बैंकद्वारा दृष्टिविहीन बालबालिकाका लागि ब्रेल शैक्षिक सामग्री सहयोग

सिटिजन्स बैंकले बर्दिया जिल्लाको बाँसगढी नगरपालिका ५ मा अवस्थित...
spot_img