खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रदमा आवेदन दिने म्याद दोस्रो पटक थप भएको छ। म्याद थपसंगै अब कम्पनीको हकप्रदमा असोज ५ गतेसम्म आवेदन दिन सकिने छ ।
कम्पनीले भदौ ३ गतेदेखि हकप्रद बिक्री खुला गरेको हो। कम्पनीले १:१ को अनुपातमा हाल कायम चुक्ता पुंजीको १०० प्रतिशतले हुन आउने ४६ करोड ५७ लाख १४ हजार ३ सय रुपैयाँको ४६ लाख ५७ हजार १ सय ४३ कित्ता हकप्रद शेयर निष्काशन गरेको हो।
कम्पनीले हकप्रद निष्काशनको लागि असार २७ गते बुक क्लोज गर्ने निर्णय गरेकोले असार २६ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीले निष्काशन गर्ने हकप्रदमा आवेदन दिन सक्ने छन् ।
नेपाल धितोपत्र बोर्डले असार १० गते कम्पनीलाई हकप्रद निष्काशनको अनुमति दिएको हो। शेयर निष्काशनको लागि सिटिजन्स क्यापिटल बिक्री प्रबन्धक रहेको छ।













