Thursday, April 30, 2026
spot_img
spot_img

सोमबारबाट दशैँ तिहार लक्षित सुपथ मूल्य पसल सञ्चालनमा आउने, कुन वस्तुमा कति छुट ?

spot_img
spot_img

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सोमबारदेखि चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । खाद्यले ििभन्न वस्तुमा ५ रुपैयाँदेखि १० रुपैयाँसम्म छुट दिएर देशैभर सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको हो ।

साल्ट ट्रेडिङ कर्पोरेशनले पनि सोमबारदेखि सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले देशभर १११ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्नेछ भने साल्ट ट्रेडिङले ३८ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्नेछ । यी पसल आगामी छठ पर्वसम्म सञ्चालन हुनेछन् ।

कुन वस्तुमा कति छुट ?

खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यका अनुसार सुपथ मूल्य पसलमा सबै किसिमका चामल, गहुँका दाना र चिनीमा प्रतिकिलो ५ रुपैयाँ छुट हुनेछ । यस्तै, सबै खालका दाल, गेडागुडी (चना, भटमास र केराउसमेत)मा पनि प्रतिकिलो ५ रुपैयाँ छुट हुनेछ ।

यसैगरी, तोरी, सनफ्लावर र भटमासको तेलमा प्रतिलिटर ७ रुपैयाँ छुट उपलब्ध हुनेछ । चिउरा, आटा, पिठो र मैदामा प्रतिकिलो ७ रुपैयाँका दरले नै छुट पाइनेछ ।

यस्तै, जिरा, धनिया र चियापत्तीमा प्रतिकिलो १० रुपैयाँ छुट पाइनेछ । कर्णालीको सीमी तथा फापर ९दाना०, चिनो, कागुनो र मार्सी तथा बासमती चामलमा पनि उपभोक्तालाई प्रतिकिलो १० रुपैयाँ छुट दिने निर्णय भएको छ ।

जिाउँदो खसी, बोका र च्याङ्ग्रा पनि प्रतिकिलो १० रुपैयाँ छुटमा बिक्री गरिने भएको छ । सबै वस्तुहरुको निःशुल्क होम डेलिभरी सेवा पनि उपलब्ध गराइनेछ ।

यसैगरी, साल्ट ट्रेडिङबाट सञ्चालन हुने सुपथ मूल्य पसलबाट नुनमा प्रतिकिलो २ रुपैयाँ, चिनी प्रतिकिलो ५ रुपैयाँ, तेल, चिउरा, पिठो, मैदा र दाल प्रतिकिलो ७ रुपैयाँ छुटमा उपभोक्तालाई उपलब्ध गराउने निर्णय भएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

भट्टसँग सम्बन्धित ८ वटा बीमा कम्पनीमा संस्थापक शेयर हाल्ने सबैसँग मागियो प्रिमियमको विवरण

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले व्यवसायी दीपक भट्टको अग्रसरतामा खुलेका...

निजी क्षेत्रका संगठनबीच एकता आवश्यकः राजेन्द्र मल्ल

नेपाल चेम्बर अफ कमर्सका निर्वतमान अध्यक्ष राजेन्द्र मल्लले देशको...

PPP मोडलमा हालसम्म कै ठूलो प्रसारणलाइन बनाउँदै RPGCL, निजी क्षेत्रबाट ३ कम्पनी छनौट

राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेड (RPGCL) ले सार्वजनिक निजी...

किष्ट हस्पिटलमा किर्तीमानी १५औँ पटक कलेजो प्रत्यारोपण

किष्ट टिचिङ हस्पिटलले ग्यास्ट्रो विभागको नेतृत्वमा अंग प्रत्यारोपण सेवामा...

आज पनि सस्तियो सुन, कति छ बजार भाउ ?

आज बिहिबार सुनचाँदीको भाउ घटेको छ । बुधबार प्रतितोला...

महासंघको एसोसियट तर्फका लागि यस्तो बन्यो ‘टिम ज्योत्सना’: चन्द्र ढकालका छोरासमेत समूहमा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा एसोसिएटतर्फकी उपाध्यक्ष उम्मेदवार...
spot_img