Wednesday, June 10, 2026
spot_img

ग्लोबल आइएमई सेक्युरिटिजको साधारणसभा सम्पन्न

spot_img
spot_img

ग्लोबल आइएमई बैंकको शतप्रतिशत लगानीमा स्थापना भई सञ्चालनमा आएको ग्लोबल आइएमई सेक्युरिटिज लिमिटेडले आफ्नो दोस्रो वार्षिक साधारणसभा मंगलबार सम्पन्न गरेको छ । साधारणसभामा कम्पनीका प्रबन्ध सञ्चालक प्रवीना पाण्डेले सेयर बजारको उतार–चढाव, नियामक निकायका मार्गनिर्देशनहरू र लगानीकर्ताहरूको अपेक्षा बीच कम्पनीले उल्लेखनीय प्रगति हासिल गरेको जानकारी दिइन् ।

“पारदर्शिता, भरोसा र सेवा सुधारलाई प्राथमिकता दिँदै गत आर्थिक वर्ष २०८१/८२ मा हामीले उल्लेखनीय प्रगति हासिल गर्न सफल भएका छौं,” उनले भनिन् । साधारणसभाको अध्यक्षता कम्पनीका अध्यक्ष टेकनाथ पोखरेलले गरेका थिए ।

साधारणसभाका प्रमुख आतिथि ग्लोबल आइएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले कम्पनीले हालसम्म हासिल गरेको उपलब्धिहरू प्रशंसनीय रहेको उल्लेख गर्दै भविष्यमा अझ प्रभावकारी काम गर्नुपर्नेमा जोड दिएका छन् ।

कम्पनीका अध्यक्ष पोखरेलले सञ्चालक समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए भने त्यसपछि साधारणसभामा प्रस्तावित एजेन्डा माथि छलफल, शेयरधनीका तर्फबाट उठेका जिज्ञासामाथि जवाफ र अन्ततः साधारणसभाका प्रस्तावहरू सर्वसम्मतिले पारित भएको छ ।

साधारणसभाले सञ्चालक समितिको तर्फबाट प्रस्तुत वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित वित्तीय विवरण, आगामी आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण साथै प्रबन्धपत्र र नियमावली संशोधनसम्बन्धी प्रस्तावहरू अनुमोदन गरेको छ ।

साधारणसभामा बैंकका प्रतिनिधि, कम्पनी रजिष्ट्रार कार्यालयका उप–रजिष्ट्रार तथा विभिन्न क्षेत्रका अन्य गण्यमान्य व्यक्तित्वहरूको समेत उल्लेखनीय उपस्थिति थियो ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

घोराही सिमेन्टको ४ करोड कित्ता बढी शेयरको लकईन अवधि असारमा सकिँदै

घोराही सिमेन्ट इन्डस्ट्रीज लिमिटेडको ४ करोड कित्ता बढी शेयरको...

एमसीसी अन्तर्गत दुई नयाँ सबस्टेशन र २९७ किलोमिटर प्रसारणलाइन निर्माण सुरु

मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समितिले आज मिलेनियम च्यालेञ्ज...

‘कमिशन’का कारण बजारमा खाना पकाउने ग्यासको कृत्रिम अभाव

बजारमा खाना पकाउने ग्यास नपाउने समस्या पुनः देखिन थालेको...

सम्पत्ति विवरण बुझाउने समय एक महिना थपियो

सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने...

कालंगा हाइड्रोको आईपीओ बाँडफाँड

कालंगा हाइड्रो लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ आज बाँडफाँड...

सुनको भाउमा भारी गिरावट

आज बुधबार सुनको भाउमा भारी गिरावट आएको छ ।...
spot_img