विकाश हाइड्रोपावरले साधारणसभा आह्वान गरेको छ। कम्पनीले असोज १० गते काठमाडौँको नयाँबजार स्थित सासा ब्यान्क्वेटमा साधारण आह्वान गरेको छ ।
कम्पनीको सभामा संचालक समितिको प्रतिवेदन पारित गर्ने, लेखापरीक्षक प्रतिवेदन र अन्य वित्तीय विवरण पारित गर्ने, सर्वसाधारण समूहबाट ३ जना संचालक नियुक्त गर्ने, कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने लगायतका प्रस्ताव पेश हुने छन् ।
कम्पनीले साधारणसभा प्रयोजनको लागि भदौ २४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । भदौ २३ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।
यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु:
साधारण प्रस्तावहरु
१) संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आ.व. २०८१/८२ को संचालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने सम्बन्धमा ।
२) लेखापरीक्षकको प्रतिवेदन सहितको यस कम्पनीको आ.व. २०८१/८२ सम्मको वासलात र सोही अवधिको नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका संलग्न अनुसूचि उपर छलफल गरी पारित गर्ने सम्बन्धमा ।
३) कम्पनी ऐन २०६३ को दफा १११ अनुसार आ.व. २०८२/८३ को लागि लेखापरिक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण सम्बन्धमा ।
४) सञ्चालक समितिले भए गरेका कार्य तथा निर्णयहरुको अनुमोदन गर्ने सम्बन्धमा ।
५) संस्थागत सुसाशन सम्बन्धी प्रतिवेदन सम्बन्धमा ।
६) कम्पनीको नियमावलीमा भएको व्यवस्था बमोजिम सर्वसाधारण समुह तर्फको ३ (तिन) जना संचालकको निर्वाचन
सम्बन्धमा ।
विषेश प्रस्तावहरु :
१) कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने ।
२) प्रबन्धपत्र र नियमावलीमा गरिने संसोधन / थप उपर नियमनकारी निकाय वा कार्यालयबाट प्राप्त हुने निर्देशन बमोजिम प्रबन्धपत्र वा नियमावली संसोधन एवं परिमार्जन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने ।









