Friday, June 19, 2026
spot_img

एनआईबिएल इक्विटी पार्टनर्सद्वारा जगदम्बा स्पिनिङ मिल्समा लगानी

spot_img
spot_img

एनआईबिएल इक्विटी पार्टनर्सले जगदम्बा स्पिनिङ मिल्समा लगानी गर्ने सम्झौता गरेको छ। सम्झौतामा एनआईबिएल इक्विटी पार्टनर्स फण्डको व्यवस्थापक एनआईएमबि एस क्यापिटलका प्रमुख कार्यकारी अधिकृत शिवनाथ बहादुर पाँडे र जगम्दबा स्पिनिङ मिल्सका प्रबन्ध संचालक विष्णु न्यौपानेले हस्ताक्षर गरेका छन् ।

एनआईबिएल इक्विटी पार्टनर्स नेपाल धितोपत्र बोर्डबाट विशिष्टीकृत लगानी कोष नियमावली अनुसार लाईसेन्स प्राप्त प्राइभेट इक्विटी फण्ड हो। यस लगानी सम्झौताले जगदम्बा स्पिनिङ मिल्सलाई उत्कृष्ट धागो कम्पनीको रुपमा विकास गर्न, कम्पनीको मुनाफा बढाउन, र कम्पनीको व्यवसाय विस्तार गर्न सहयोग पुग्ने अपेक्षा दुवै पक्षले व्यक्त गरेका छन् ।

क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पाँडेले निर्यात गर्ने उद्योगसँग सम्झौता गर्न पाउँदा खुसि रहेको र  अर्थतन्त्रलाई बढावा दिने तथा देशभित्रै रोजगारी सिर्जना गर्ने उद्योगलाई बढावा दिनु पर्ने बताए । नेपालमा जगदम्बा स्पिनिङ मिल्स जस्ता धेरै उद्योग चाहिने उनले बताए ।

जगदम्बा स्पिनिङ मिल्सका प्रबन्ध संचालक न्यौपानेले जगदम्बा स्पिनिङ मिल्स  नेपालको शीर्ष स्पिनिङ मिल बन्ने लक्ष्यमा रहेको र दक्षिण एसियामा आफ्नो व्यापार विस्तार गर्ने योजनामा रहेको बताए​छ। कम्पनीले उन्नत प्रविधिहरू र दिगो अभ्यासहरू प्रयोग गर्दै उच्च गुणस्तरको धागो उत्पादन गरिरहेको बताए।

सौरभ ग्रुप अन्तरर्गत रहेको जगदम्बा स्पिनिङ मिल्सले आफ्नो रुपन्देहीमा रहेको उद्योगबाट धागो उत्पादन गर्दै आएको छ। कम्पनीसँग दैनिक ५० मेट्रिक टन धागो उत्पादन गर्ने क्षमता छ । कम्पनीको ९० प्रतिशत उत्पादन निर्यात हुने गरेको छ, जसमा भारत प्रमुख बजार हो ।  कम्पनीले आईपीओ निष्काशन गर्ने तयारी पनि गरिरहेको छ । आईपीओको रकमले दक्षिण एसियामा कम्पनीको व्यवसाय विस्तार गर्न सहयोग पुर्याउने कम्पनीको अपेक्षा छ ।

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सेबोनको अध्यक्षमा नियुक्त भएका डा. गोपाल भट्ट को हुन् ?

सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपालप्रसाद...

धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपाल भट्ट नियुक्त

नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपालप्रसाद भट्ट...

१० मेगावाटभन्दा कम क्षमताका हाइड्रोको पीपीए खुला

सरकारले १० मेगावाटभन्दा कम क्षमताका जलविद्युत् आयोजनाको विद्युत् खरिद...

जबर्जस्ती कर्जा प्रवाह गरेर उद्यमी वा व्यवसायी जन्माउन सकिँदैनः गर्भनर

नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलले ऋणीहरुलाई सबैतिरबाट...

प्राइम कमर्शियल बैंकले पायो ऋणपत्र निष्काशनको अनुमति

प्राइम कमर्शियल बैंकले ऋणपत्र निष्काशनको अनुमति पाएको छ। नेपाल...

शेयर लगानीकर्तालाई अनुसन्धानमा तानिन्छौँ कि भन्ने त्रास भएको हुन सक्छ : अर्थमन्त्री वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले शेयरबजारका केही लगानीकर्तामा भय त्रास...
spot_img